site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खोसिएको पदक फिर्ता ल्याएँ, खुसी छुः गोपीचन्द्र
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सतर्फ नेपालले २ स्वर्ण पदक जितेको छ । पहिलो स्वर्णपदक सन्तोषी श्रेष्ठले जित्दा दोस्रो पदक गोपीचन्द्र पार्कीले जिते ।

शुक्रबार बिहान भएको ५ हजार मिटर दौडमा गोपीचन्द्रले भारतका सुनील दवारलाई पराजित गर्दै स्वर्ण जिते । स्वर्णपछि गोपीचन्द्रले १३ वर्षअघि खोसिएको पदक भित्र्याउन सफल भएको भन्दै खुसी व्यक्त गरे ।  फर्काएको पदक भएकाले पनि पार्कीलाई विशेष लागेको छ । 
सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १० औं सागमा राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर डोपिङमा परेपछि भण्डारीको स्वर्ण पदक खोसिएको थियो । झण्डै १३ वर्षपछि सोही स्पर्धामा स्वर्ण जितेका गोपीचन्द्रले भण्डारीको पदक फर्काएको बताए ।  गोपीचन्द्रले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गरेका थिए । भारतीय खेलाडीलाई सेकेण्डले पछि पारेका उनले भने,“त्यो बेला राष्ट्रको पदक खोसिँदा दुखेको मनमा खुसी फर्काउन सफल भएको छु । डोपिङमा पदक खोसिँदा नेपालीको चित्त दुखेको थियो । मैले त्यो सबै सम्झिएर खेलेँ । अनि मेडल जित्न सफल भए ।”

त्यसो त दशरथ रंगशालास्थित एथलेक्टिस ट्रयाकमा भारतका सुनील अधिकांश समय अगाडि थिए । अन्तिम डेढ सय मिटर बाँकी रहँदा गोपीचन्द्रले आफनो गति बढाउँदै पहिलो स्थान लिन सफल भए । राष्ट्रका लागि स्वर्ण जिताउन सफल गोपीचन्द्रले अब एथ्लेटिक्सका लेजेन्ड बैकुण्ठ मानन्धरको रेकर्ड बे्रक गर्ने इच्छा रहेको बताए । 
“बैकुण्ठ मानन्धर गुरुको इच्छा छ । आफ्नो रेकर्ड नेपाली खेलाडीले नै रेकर्ड ब्रेक गरोस् । मेरो पनि इच्छा त्यही छ,” गोपीचन्द्रले भने । 

Global Ime bank

बैकुण्ठ मानन्धरले १९८७ मा भारतको कलकत्तामा भएको तेस्रो सागमा म्याराथनमा रेकर्ड बनाएका थिए । उनले त्यो बेला २ घण्टा १५ मिनेट तीन सेकेन्डमा म्याराथन पूरा गर्दै कीर्तिमान बनाएका थिए । जुन अहिलेसम्म कसैले तोड्न सकेको छैन ।  गोपीचन्द्र अब त्यसैमा केन्द्रित रहेको बताउँछन् । गोपीचन्द्रले अहिलेसम्म म्याराथनमा ६ पटक प्रतिस्पर्धा गरिसकेका छन् । ९ वर्षदेखि सशस्त्र प्रहरीको जागिरे गोपीचन्द्रले नेपालगञ्जमा सम्पन्न ८ औं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय