site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हातखुट्टाको सर्जरीपछि पनि राष्ट्रका लागि स्वर्ण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कीर्तिमानी स्वर्णपदक जितेको छ । तेक्वान्दोमा अहिलेसम्म सर्वाधिक स्वर्ण जित्न सफल नेपालले बुधबार दुई स्वर्ण प्राप्त गर्‍यो ।  जसका हकदार संगीता बस्याल र सक्षम कार्की बने । संगीता लगत्तै नेपाललाई स्वर्ण पदक जिताएका सक्षम एक सयौँ पदक जिताउने नेपाली खेलाडी बने । 

२३ वर्षीय सक्षमलाई स्वर्ण जितेसँगै आफनो सपना नजिक पुगेको आभास भएको छ । बेला–बेला हुने ‘इन्जुरी’ले दिक्क सक्षमलाई स्वर्णसम्म पुग्ने अपेक्षा नै थिएन । 

गुरुको उत्साह र परिवारको सहयोगले सक्षम हात र खुट्टाको सर्जरी हुँदा पनि खेलमा फर्किए ।  खुटटा र हातको सर्जरी गर्दा सक्षमलाई लाग्थ्यो मेरो करिअर सकियो । तर प्रशिक्षक दिपक विष्टको हौसलाले उनलाई खेलमा फर्कायो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने,“म खेलमा फर्किनुको पुरै क्रेडिट दिपक विष्ट गुरुलाई जान्छ । उहाँको उत्साहले नै मलाई खेलमा फर्किन सहयोग गर्‍यो । राति पनि मलाई फोन गरेर तिमीले सक्छौ । प्रशिक्षण गर्नुपर्छ भन्नुहुन्थ्यो । भर्खरै करिअर सुरु भएको छ । तिमीले अझै गर्न सक्छौ भन्नुहुन्थो । परिवारबाट पनि हौसला आउथ्यौ ।”

२०१५ मा खुट्टाको सर्जरी गरेका उनले २०१६ मा भारतमा भएको १२ औं सागमा कास्य पदक जिते । त्यसपछि उनको पदकप्रतिको मोह बढेर आयो । उनलाई स्वर्ण जित्नु थियो । तर फेरि हातको सर्जरी गर्नुपर्‍यो । एकपछि अर्को सर्जरी गरे पनि सक्षमको पदक जित्ने आशा मरेको थिएन । जुन दिनको पर्खाइमा थिए सक्षम बुधबार त्यो सपना पूरा भयो । 

Global Ime bank

उनले पाकिस्तानका खेलाडीलाई पछि पार्दै करीअरको पहिलो स्वर्ण पदक जिते । सक्षम भन्छन्, “करीअरकै ठूलो सफलता पाएको छु । खुसी व्यक्त गर्ने कसरी । स्वर्ण मेरो सपना थियो । पूरा भएको छ । मेरो सपना नजिक पुर्‍याउनमा मेरो परिवार अनि गुरुको हात छ । तर म मेरो स्वर्ण गुरु नविन श्रेष्ठलाई समर्पित गर्न चाहान्छु ।”

करिअरको पहिलो पदक गुरुलाई समर्पित गरेका सक्षमले खेलअघि स्वर्ण जित्छु भन्ने सोचेका थिएनन् । जब ६२ केजीमुनिको तौलसमूहमा संगीता बस्यालले स्वर्ण जितिन् सक्षमलाई आत्मविश्वास बढ्यो । उनले भने ,“सुरुमा नर्भसनेश थियो । गुरुहरुले उत्साहित बनाइरहनु भएको थियो । त्यहिबेला जब संगीताले स्वर्ण जित्यो मलाई आत्मविश्वास आयो । अब मैले पनि देशका लागि स्वर्ण जित्नुपर्छ भन्ने सोचेँ । शतप्रतिशत खेले । अनि स्वर्ण जितेँ ।”

सुरुआतका दिनमा आफनो मोटोपन घटाउन तेक्वान्दो खेलेका सक्षम २०१३ मा राष्ट्रिय टिममा परेपछि केन्द्रित भएर खेलेको स्मरण गर्छन् । “पहिला म निकै मोटो थिएँ । मेरो परिवारले मोटोपन कम गर्न तेक्वान्दो खेलाएको थियो । पछि राष्ट्रिय टिममा परेपछि विशेष ध्यान दिएर खेलेको हुँ,” सक्षमले भने । त्यतिबेला सक्षम मात्र १७ वर्षका थिए । लगत्तै एसियन खेलका लागि छनोट भए । तिनै सक्षमले राष्ट्रका लागि स्वर्ण जित्न सफल भए । 

छोरालाई उत्साहित बनाउन तेक्वान्दो हल पुगेकी सक्षमकी आमाले आफनो सपना पूरा भएको बताइन् । एथ्लेटिक्सतर्फकी क्षेत्रीय खेलाडी देबुकुमारी मल्लले आफुले नसकेको सपना छोराले पूरा गरेकोमा निकै खुसी भएकोे बताइन् । उनले भनिन्,“२०४६ सालको आन्दोलनपछि वीरेन्द्र शिल्ड बन्द भयो । त्यसपछि मैले खेलिनँ । तर आज छोराले मेरो सपना पूरा गरेको छ ।” 

सक्षमको पदकसँगै तेक्वान्दोतर्फ नेपालले बुधबारसम्म ११ स्वर्णपदक जितेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय