site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अपराजित रहँदै स्वर्ण जित्ने महिला टोलीको रणनीति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ऐतिहासिक पदकको रणनीतिसहित नेपाली राष्ट्रिय महिला भलिबल टोली आज १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा बंगलादेशसँग खेल्दैछ ।  घरेलु कोर्ट र दर्शकको फाइदा उठाउँदै सागको इतिहासमा पहिलो स्वर्ण जित्ने लक्ष्यमा रहेको महिला टोली समूहको पहिलो खेलमा बंगलादेशसँग खेल्न लागेको हो । 
खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । तुलनात्मक रुपमा कमजोर मानिएको बंगलादेशमाथि सहज जित निकाल्दै विजय यात्रा सुरु गर्ने लक्ष्यमा रहेको नेपाल अपराजित रहँदै स्वर्ण जित्न चाहन्छ । 

त्यसका लागि टोली योग्य रहेको मुख्य प्रशिक्षक जगदिश भट्टको बुझाइ छ । टोलीले हालै बंगलादेशमा सम्पन्न प्रथम सेन्ट्रलजोन च्याम्पियनसिपमा गरेको प्रदर्शनलाई कायम राख्न सके टोली स्वर्णको हकदार रहेको भट्ट बताउँछन् । 

सागमा ६ टोली सहभागी हुँदैछन् । जसमा नेपाल समूह ए मा छ । नेपाल रहेको समूह ए मा बंगलादेशसँगै भारत छ । समूह बी मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान छ । लिग कम नकआउटका आधारमा चल्ने प्रतियोगितामा नेपालका लागि बलिया प्रतिद्वन्द्वी भारत र श्रीलंका रहेको प्रशिक्षक भट्टको बुझाइ छ । तर पहिले खेलका आधारमा भारतका पक्षबारे जानकार भट्ट उच्च मनोबलका साथ खेलाडीले खेल्न सके जित्न निकाल्ने दाबी गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँगको कुराकानीमा प्रशिक्षक भट्टले भने,“दक्षिण एसियाली खेलकुदका लागि हामीले अहिलेसम्मकै राम्रो तयारी गर्ने अवसर पायौं । यो बीचमा सेन्ट्रल जोनमा हासिल गरेका उपलब्धिले खेलाडी उत्साहित छन् । लामो तयारीको परीक्षा हो । जसमा सफल हुनेछौं ।”

उनका अनुसार सन्तुलित टोली नै जितको मेरुदण्ड हो । उनले भने, “उत्कृष्ट खेलाडी छन् । प्रतिभा माली र सरस्वती चौधरी जस्ता कि प्लेयर छन् । जसले विपक्षीलाई कमजोर तुल्याउन सक्छन् । नयाँ खेलाडी पनि क्षमतावान छन् । जसको सुध्रिएको प्रदर्शनले हामी बलियो बनेका छौं ।” खेलाडीले हरेक टोलीमाथि हाबी भएर जित निकाल्नेमा आशावादी रहेको प्रशिक्षक भट्टको भनाइ छ । 

Global Ime bank

टोलीकी कप्तान अरुणा शाहीले तयारी राम्रो भएको बताइन् । उनले सकर्थकलाई अर्को खुसी दिनका लागि आतुर रहेको प्रतिक्रिया दिइन् । “सेन्ट्रल जोनपछि हरेक खेलाडीमा नयाँ उत्साह छ । हरेकले आफ्नो जिम्मेवारी निर्वाह गरे अर्को पदक नजिक भन्दा पनि हुन्छ । पदक जित्न आतुर छौं । तर घरेलु कोर्टमा सम्हालिएर खेल्न आवश्यक छ ।”

उनकै कप्तानीमा नेपालले यहि महिना प्रथम सेन्ट्रलजोन भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको हो । जुन भलिबलको इतिहासमा पहिलो स्वर्ण पदक हो । 

महिला टोली सागमा पनि त्यहि नतिजालाई निरन्तरता दिन चाहान्छ । टोलीकी सिनियर खेलाडी सरस्वती चौधरीले वर्षौँदेखिको सपना नजिक रहेको बताइन् । उनले घरेलु मैदानमा स्वर्ण जित्ने अवसर सदुपयोगका लागि खेलाडी शतप्रतिशत तयार रहेको बताइन् । 

“वर्षौँदेखि हामी राष्ट्रलाई स्वर्ण दिन चाहन्थ्यौं । हालै यसमा सफल भयौं । तर अर्को अवसर नजिक छौं । सागमा पहिलो स्वर्ण जितेर इतिहास बनाउन चाहन्छौं । जसका लागि सबैले मेहनत गरेका छन् । अब देखाउने बेला आएको छ ।”

महिला टोलीले २०१६ मा भारतमा सम्पन्न १२ औं सागमा कास्य पदक जितेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय