site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘सेयरिङ अर्थतन्त्रको अवधारणा’ले जन्माएको ट्याक्सीको विकल्प
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘टुटल र पठाओ’को कुरा सुरु गर्दा समयलाई धेरै पछाडि यू–टर्न गराउनु पनि पर्दैन । जब भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव थियो–तब एउटा सेवाभावको संस्कृति सवारीधनी नेपालीमा विकास भएको थियो, ‘कारपुल’ ।

मोटरसाइकल वा कार भएकाहरु आफ्नो सवारीमा अरु कसैलाई लिफ्ट दिन्थे । बाटोमा हिँड्ने यात्रु खालि बाइक वा कार देखे लिफ्ट माग्थे । सामाजिक सञ्जालमा आपसमा जोडिएकाहरु सामाजिक सञ्जालमार्फत् नै सवारी धनी वा यात्रु खोज्दथे ।

सवारी धनीहरु ‘म फलानो ठाउँबाट फलानो ठाउँमा जाँदैछु, मेरो सवारीमा यतिवटा सिट खाली छ । सम्पर्क गर्नुहोला’ भन्थे । त्यस्तै यात्रुहरु ‘म फलानो ठाउँबाट फलानो ठाउँ जाँदैछु । कसैकोमा राइड उपलब्ध होला ? भन्ने स्ट्याटस राख्दछ । फेसबुकमा एउटा ग्रुप नै सिर्जना गरिएको थियो, ‘कारपुल काठमाडौं’ । अन्य ग्रुपमा पनि लिफ्ट दिने र लिनेबारे कुरा हुन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो संस्कार नेपालीहरुले सिक्न धेरै समय लाग्यो । दोस्रो विश्वयुद्धताका अमेरिकामा अभ्यास गरिएको यो सेवाभाव, नेपालीहरुले भुकम्पलगत्तै यसको आवश्यकता महसुस गरेका भए पनि प्रयोग भने नाकाबन्दीका बेलामा मात्रै गरे ।

यो ‘कल्चर’मा कतिपय बाइकवालाहरुले नम्बर प्लेटसँगै आफू कहाँबाट कहाँसम्म जाने भनेरै स्पष्टै लेख्थे । जस्तै, ‘कलंकी–थापाथली, लिफ्ट माग्नुहोला !’ हो यही सेवाभावका कारण आज कसैलाई कहीँ जान सार्वजनिक सवारीको अभाव भयो भने सहजै लिफ्ट माग्न सक्ने अवस्था सिर्जना भएको छ ।

Global Ime bank

यो भावमा कसैले उद्यम गर्ने अवसर पनि देख्यो । आफ्नो कामका लागि कतै जाँदा एकजना अर्को व्यक्तिलाई उसको गन्तव्यसम्म छाड्न सकियो भने मोटरसाइकलधनीलाई पकेट खर्च पनि मिल्ने, यात्रुले सस्तो खर्चमा आफ्नो गन्तव्यसम्म सहज रुपमा पनि पुग्ने । दुवैका लागि ‘विन–विन सिच्युएसन’ ।

किनकि नेपालमा ट्याक्सि निकै नै महँगो भइसकेको छ ।  निकै नै महँगो भइसकेको छ । छोटो यात्राका लागि उच्च भाडा, बार्गेनिङ, सकेसम्म मिटरमा जान नमान्ने चालकले आक्रान्त बनेका राजधानीवासीका लागि उल्लेखित यो उद्यम निकै लाभ लिन सक्ने क्षेत्र बन्ने पक्का थियो । अझ ‘डोर–टु–डोर’ सेवा दिन सक्ने भएकाले आम प्रयोगकर्तामाझ लोकप्रिय हुने भविष्य यसको थियो ।

आजको विश्व अर्थतन्त्रमा सेयरिङ अर्थतन्त्रको अवधारणा हालै विकसित भएको छ । आफ्नो स्रोत साधनलाई सेयर गरेर आर्थिक लाभ लिने । जस्तै कि घर भाडामा लगाएर आर्थिक लाभ लिने । यस्तै आर्थिक लाभ लिने क्षेत्र मोटरसाइकलको खालि सिटमा रहेको इन्जिनियर शिक्षित भट्टले देखे । केही फरक गरौं भनेर बसेका भट्टले ‘टुटल’ नाम गरेको मोबाइल एप बनाए जुन एन्ड्रोयड र एप्पल दुवैमा उपलब्ध थियो । जनवरी २०१७ देखि यो सेवा सुरु भयो ।

यात्रु र मोटरसाइकल तथा स्कुटर चालकलाई जोड्ने माध्यम टुटलमार्फत् पैसा तिरेर मोटरसाइलकमा यात्रा गर्न सकिन्छ । तर, आफ्नो मोटरसाइकलमा टुटल एप डाउनलोड गर्नुपर्ने हुन्छ । अर्कोतर्फ मोटरसाइकल वा स्कुटर चालकले पनि यस्तै एप डाउनलोड गरेका हुनुपर्छ ।

इन्टरनेटको प्रयोगमार्फत् यात्रुले आफु कुन स्थानबाट कुन स्थानसम्म जाने भनेर राइडका लागि अनुरोध गर्नुपर्छ । अनुरोध गरेपछि यात्रुको मोबाइल स्क्रिनमा पिकअप बिन्दु र ड्रप बिन्दु देखापर्छ । साथै यात्राको रुट र भाडा पनि देखिन्छ । र, चालक सोही रिक्वेस्ट हेरेर ती यात्रु भएकै स्थानमा आइपुग्छन् अनि यात्रुले सेट गरेको गन्तव्यमा छाडिदिन्छन् ।

यात्रुका लागि पनि यो सेवाले दैनिकी निकै नै सहज बनाइदिएको छ । .

टुटलमार्फत् मोटरसाइकल वा स्कुटरमा यात्रा गर्दा ट्याक्सी करिब एक–तिहाइ सस्तो पर्दछ । सेवा प्रयोग गरेवापत् केही रकम टुटल कम्पनीले लिन्छ भने अधिकांश रकम चालकको हुन्छ । चालक र यात्रुले मोबाइल एप्समार्फत् नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै लेनदेन गर्न सक्छन् ।
टुटलसँगै यस्तै सेवा दिने अर्को प्रतिस्पर्धी कम्पनी पनि छ, ‘पठाओ’ । पठाओबाट पनि यात्रुले यसरी नै सेवा लिन सक्छन् ।

तर, यतिखेर सरकारले यस्तो राइड सेयरिङ उद्यमलाई दुःख दिन थालेको उनीहरुको प्रतिक्रिया छ । कहिले करको विषयमा मुछेर होस् त कहिले सेवाको दायराको विषयमा कारबाहीको सूचना निकालेर ।

राइड सेयरिङ नयाँ कम्पनी नभएर नयाँ उद्योग हो । यो उद्योग पहिले नेपालमा थिएन । राइड सेयरिङ उद्योग नेपालमा सुरु गरेपछि यसबाट हुने फाइदाका नयाँ ‘एभिन्यु’ देखा पर्न थाले । आवतजावतमा सहजता, रोजगारी सिर्जना केही फाइदा हुन् ।

तर, संसारमा कही कतै पनि नयाँ उद्योगका लागि कानुन बनेको हुँदैन । ती उद्योग सञ्चालनमा आए पनि कानुन बन्ने गरेका छन् । टुटल संस्थापक शिक्षित भट्ट पनि अहिले यो उद्योगको परिकल्पना कसैले नगरेको अवस्थामा कानुन बनिसकेको नहुनु स्वाभाविक रहेको स्वीकार्छन् ।

केही समयअघि सेवाग्राहीबाट कर उठाएर राज्यलाई नतिरेको भन्दै ढाड सेक्ने गरी जरिबाना तिराउन ताकेता गरेको सरकारले यतिबेला नम्बर प्लेटको बहानामा कारबाहीको दायरामा ल्याएको छ । यसअघिको आरोपमा अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरामा आए कर छुट दिने व्यवस्था ल्याएर राहत दिए पनि अहिले टुटल र पठाओ जोगिने अवस्था छैन ।

किनकि रातो नम्बर प्लेटका सवारीले भाडामा यात्रु बोक्ने व्यवस्था नेपालको ऐनमा छैन । टुटल र पठाओका मोटरसाइकल रातो नम्बर प्लेटमा दर्ता छन् । भाडाका सवारी कालो नम्बर प्लेटमा दर्ता हुन्छन् ।

टुटल र पठाओजस्ता राइड सेयरिङ सेवा प्रदायक कम्पनी सवारी तथा यातायात व्यवस्था ऐनमाथि टेकेर सञ्चालनमा आएको दुईमत छैन । ऐनको दफा ८ (२) मा  ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाइने’ उल्लेख छ । यस्तै दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने’ कानुनी व्यवस्था छ । हाल रातो नम्बर प्लेट भएका मोटरसाइकलमा यात्रु बोक्नु गैरकानुनी ठहर्छ ।

कानुनमा यस्तो काम कारवाही गर्ने गराउनेलाई पाँच सयदेखि दुई हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement