site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 ‘साफको बदला सागमा’, साबित्रा भन्छिन्– अवसर गुमाउँदैनौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरेलु मैदानमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन १० दिन बाँकी छ । आफ्नै भूमिमा हुने महत्वपूर्ण प्रतियोगिताका लागि सहभागि हुने खेलाडीहरु अन्तिम तयारीमा छन् । घरेलु मैदानमा स्वर्णको आशामा रहेको महिला फुटबल टोली भने पोखरामा प्रशिक्षण गरिरहेको छ । 

महिला फुटबल पोखरामा हुने भएकै कारण टोली असोज ७ गतेबाट पोखरामा छ । टोलीले अहिले विजयपुरस्थित आर्मी मैदानमा अन्तिम अभ्यास गरिरहेको छ । विहान करिब साढे ३ घण्टा प्रशिक्षणमा विताउने महिला टोली घरेलु मैदानमा ऐतिहासिक पदक जित्न चाहान्छ । 

तर पुरानै प्रतिद्धन्दी भारत बाधक बन्न सक्ने चुनौतीबारे जानकार नेपाल दोस्रो पटक घरेलु मैदानमा पाएको अवसरलाई खेर जान दिने पक्षमा छैन । त्यसका लागि मुख्य प्रशिक्षक हरी खड्काले खेलाडीको मनोबलसँगै कमजोर पक्ष पहिचान गरेर सुधार गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी भन्छन्, “हामीलाई दोस्रो पटक अवसर मिलेको छ । साफमा नसकेपनि सागमा बदला लिने अवसर छ । खेलाडीले यसलाई राम्रोसँग बुझेका छन् । प्रशिक्षकको हिसाबले खेलाडीले राम्रो गर्नेमा आशाबादी छु ।”

महिला टोलीले पोखरामा अभ्यास गर्नुअघि किर्गिस्थानमा नाडेज्दा कप खेलेको थियो । त्यसमा बलिया प्रतिद्धन्दीविरुद्ध शानदार प्रदर्शन गरेको नेपाल त्यसबेला भएका कमिकमजोरी सुर्धादै अन्तिम अवस्थामा रहेको प्रशिक्षक खड्का बताउँछन् । 

Global Ime bank

“नाडेज्दा कपमा भएका कमिकमजोरी सुधारेर टिम तयार भएको छ । विशेषगरी भारतका बलिया पक्षलाई ध्यान गर्दै खेलाडी खेलका लागि तयार छन् । डिफेन्समा रहेको कमजोरी सुधार गरेका छौं,“प्रशिक्षक खड्काले भने । 
उनका अनुसार टोली अहिले सन्तुलित छ । यसअघि डिफेन्स र मिडफिल्डमा देखिदै आएको ग्याप मिलेको छ भने फर्वाडहरुले राम्रो फिनिसिङ गरिरहेका छन् । प्रशिक्षक खड्काले थपे, “अभ्याससँगै टेक्निकल र ट्याटिकल पक्षमा जोड दिएका छौं । खेलाडीको मनोबल कसरी उच्च बनाउने लगायतका विषयमा पनि ध्यान दिएका छौं ।” 

सागकै लागि अन्य खेलको तयारी विदेशमा हुँदा महिला फुटबल टोलीले भने त्यो अवसर पाएन ।  यतिमात्र होइन जुन मैदानमा खेल हुने हो, टोलीले अहिलेसम्म त्यहाँ अभ्यास समेत गर्न पाएको छैन । किनकी मैदान खेलका लागि तयार पारिँदैछ । अहिलेसम्म प्याराफिट मात्र राख्ने काम भइरहेको छ । मैदान भित्रको काम भने सुरु भएको छैन । 

खेल हुने मैदानमा अभ्यास गर्न नपाएपछि टोलीलाई घरेलु मैदानको फाइदा हुनेछैन । प्रशिक्षक खड्काले भने, “घरेलु मैदानको हामीलाई कति पनि फाइदा हुनेछैन । किनकी हाम्रा लागि पनि अरु टोली जस्तै नयाँ हुनेछ । आफ्नै देशमा मैदानको साथले पनि नतिजामा फरक पार्छ । मैदानको फाइदा नभए पनि होम क्राउडको साथ भने हुनेछ । क्राउडले खेलाडीलाई उत्साहित बनाउनेछ ।” 

सागकै लागि कतिपय खेलले विभिन्न देशमा मैत्रीपूर्ण खेल खेले । तर महिला फुटबल टोलीले भने  स्थानीय क्लबसँग अभ्यास मात्र गरेको छ । बाहिर नभए पनि स्थानीय क्लबसँगको खेलले पनि खेलाडीलाई म्याच एक्सपोजर भएको प्रशिक्षकको बुझाई छ । उनले भने, “चिनको टोलीसँग मैत्रीपूर्ण खेल्ने कुरा भएको हो तर मिलेन । तैपनि खेलाडीलाई बढि खेलको अनुभव दिनका लागि स्थानीय टोलीसँग अभ्यास खेल्यौं । यसले पनि राहत पुग्नेछ ।”

प्रशिक्षक खड्कासँगै खेलाडी पनि यो प्रतियोगितामा पुरानो गल्ती दोहाराउने पक्षमा छैनन् । टोलीकी महत्वपूर्ण सदस्य साबित्रा भण्डारीले साफपछि सागमा आएको मौका जसरी पनि सदुपयोग गर्ने बताइन् । यसअघि गत फागुनमा विराटनगरमा भएको पाचौं साफ च्याम्पियनसिपमा महिला फुटबल टोली भारतसँग फाइनलमा पराजित भएको थियो । 

त्यसबेला सर्वाधिक गोलकर्ता बनेकी सावित्रा घरेलु मैदानमा पाएको दोस्रो अवसरमा भारतमाथि बदला लिनका लागि आतुर रहेको बताउन्छिन् । उनले भनिन्, “मौका सधैँ घुमेर आउँदैन् । यो पदक गुमाए फेरी लामो समय कुनुपर्नेछ । त्यही भएर हामी शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छौं ।”

मुख्य फर्वाडका रुपमा रहेकी साबित्रा टोलीमा आइरहेको सुधारले पनि खेलाडी उत्साहित रहेको बताउँछिन । “पहिले डिफेन्स र किपरबीच समन्वय नमिल्दा हामीले खराब नतिजा ब्यहोरेका छौं । अहिले त्यो पक्ष सुधारेका छौँ । यसले हाम्रो स्वर्ण पदक जित्ने लक्ष्यमा ठूलो सहयोग पुर्याउनेछ ।”

उनले समयमै मैदान नबन्दा चिन्ता भने भइरहेको बताइन् । “घरेलु मैदान भएर पनि अभ्यास गर्ने अवसर पाएका छैनौं । अहिलेसम्म प्याराफिट मात्र राखिरहेको छ । मैदानमा बल्ल दुवो राख्ने काम सुरु भएको छ । यस्तो अवस्थामा खेल्न असहज हुनसक्छ,” सावित्राले भनिन् । 

२०१६ मा भारतको भएको १२ औं सागबाट चर्चामा आएकी सावित्रा यो पटक पनि आफ्नो पुरानो लयलाई नै निरन्तरता दिने पक्षमा छिन । 

तेस्रो सहभागितामा ऐतिहासिक नतिजाको अपेक्षा
सन् १९८४ मा काठमाडौंबाट सुरु गरिएको साग १३ औं संस्करणसम्म आइपुग्दा महिला फुटबल टोलीले जम्मा २ संस्करण खेल्ने अवसर पाएको छ । 

किनकी दक्षिण एशियाली खेलकुदमा महिला फुटबलको विकास गर्ने उद्देश्यसहित बंगलादेशको ढाकामा आयोजना भएको ११ औं सागबाट महिला फुटबल समावेश गरिएको थियो । 

२०१० मा ढाकाबाट सागमा डेब्यू गरेको नेपाल उपविजेतामाथि पुग्न सकेको छैन । ढाकामा भएको खेलमा भने नेपाल फाइनलमा भारतसँग ३–१ ले स्तब्ध भएको थियो । 

त्यसपछि फरक लक्ष्यसहित २०१६ मा भारतको गुवाहाटीमा आयोजना भएको १२ औं सागमा पनि महिला टोलीले अपेक्षाकृत नतिना ल्याउन सकेन । फाइनलमा भारतकै सामना गरेको नेपाल २–१ ले पराजित भयो । अहिले घरेलु मैदानमा पहिलो पटक साग खेल्ने मौका पाएको महिला टोली ऐतिहासिक नतिजा ल्याउने रणनीतिमा छ । 

साफको बदला सागमा 
गत फागुनमा जब नेपालले पाचौं महिला साफ च्याम्पियनसिपको उपाधि भारतलाई सुम्पिएको थियो । तब खेलाडी घरेलु मैदानमा अर्को अवसर पाइन्छ भन्नेमा दुविधामा थिए । 

किनकी साग हुने वा नहुने अन्यौल थियो । जब प्रतियोगिता हुने नयाँ मिति तय भयो खेलाडी पुरानै जोशमा फर्किएका छन् । सागका लागि महिला फुटबलको तयारी साउनबाट सुरु गरिएको थियो । यो बीचमा टोलीले नाडेज्दा कपमा सहभागिता जनायो । त्यो प्रतियोगितामा गरेको प्रदर्शनमा उत्साहित टोली सागमा इहितास बनाउन चाहान्छ । अब साग सुरु हुन १० दिनमात्र बाँकी छ । दोस्रो मौका पाएका खेलाडी भारतमाथि जुनसुकै अवस्थामा बदला लिने दाबी गर्छन् । खेलाडी साबित्रा भण्डारीकै शब्दमा भन्ने हो भने ‘बबाल’ तयारीले भारत पाखा लाग्नेछ । 

अनुभवी र युवा टोलीमा रहेको आशा 
निरु थापाको कप्तानीमा मैदान उत्रिने नेपाली टोलीमा अन्तराष्ट्रिय खेलको अनुभव बोकेका खेलाडी छन् । जसले टोलीको प्रदर्शन मजबुत हुने प्रशिक्षको बुझाई छ । गोलकिपरमा अनुभवी एन्जिला तुम्बापोसँगै युवा किपर अन्जना रानामगर र आशालाग्दी खेलाडी उषा नाथ छिन् । 

डिफेन्डरमा अनुभवी खेलाडी गिता रानासँगै अमृता जैशी छिन् । क्षमतावान खेलाडी पुनम जर्घा मगरसँगै हिरा कुमारी भुजेल र कबिता धिमाल, मन माया लिम्बु, पुजा राना पनि डिफेन्डरको भूमिकामा छिन् । 

मिडफिल्डको जिम्मेवारीमा प्रतिभावान अनिता बस्नेतसँगै रेनुका नगरकोटी, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, मञ्जली कुमरी योञ्जन र बिमला चौधरी छन् । 

आक्रमणको जिम्मेवारीमा साबित्रासँगै निरु थापा,अनिता बश्नेत, कप्तान निरु छिन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय