site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गोप्य सहमति’ खारेज ! पाँच वर्ष ओली प्रधानमन्त्री
SkywellSkywell

काठमाडौं । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एउटै गाडीमा चढेर राष्ट्रपति भवन शीतल निवास पुगे । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भलाकुसारी गरेर ओली–प्रचण्ड पुनः एउटै गाडीमा चढेर बालुवाटार फर्किए । बहालवाला र पूर्वप्रधानमन्त्री झण्डावाल गाडीमा चढेर हिँडेको दुर्लभप्रायः दृष्य सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शुभ सङ्केत थियो ।

रहस्यको पर्दा उघ्रन चारघण्टा पनि पर्खन परेन । बुधबार दिउँसो सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्वयको कार्यविभाजन गर्‍यो ।  पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षसहितको पार्टी अध्यक्षको भूमिका पाए । वरीयताका हिसाबले दोस्रो नम्बरको अध्यक्ष रहेका प्रचण्ड पार्टीमा जिम्मेवारीका हिसाबले ‘पहिलो नेता’ बने ।

पार्टीका सबै तह र तप्काको कार्यविभाजन सकेर गरिएको अध्यक्षद्वयको कार्यविभाजनअनुसार अब केपी ओलीको ध्यान सम्पूर्णरूपमा सरकार सञ्चालनतिर हुनेछ भने अर्को अध्यक्षले पार्टीको कमाण्ड सम्हाल्नेछन् । 

KFC Island Ad
NIC Asia

“आजको बैठकले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको नाममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन पुष्पकमल दाहाल प्रचण्डले गर्ने निर्णय गरेको छ,” पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको निर्णय सुनाएका थिए ।

बुधबारको सचिवालय बैठकले दुई अध्यक्षबीच रहेको अन्योल र असमझदारीको अन्त्य गरेको नेताहरूको दाबी छ ।

Royal Enfield Island Ad

“बुधबारको पार्टी सचिवालयको निर्णयले पार्टीभित्र रहेको समझदारी, अन्योलताको अन्त्य गरेको छ । दुवै अध्यक्षको जिम्मेवारीलाई स्पष्ट ढङ्गले किटान गरेको । एकता प्रक्रिया, शीर्ष नेताको जिम्मेवारीको विषयलाई लिएर हुने अस्पष्टता र त्यसले सिर्जना गर्ने भ्रम, अन्योल र निराशाको पनि विधिवत अन्त्य भएको छ,” स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले भने ।

तर, पूर्वएमालेका नेताहरूले भने पार्टी एकताको अघिल्लो दिन २०७५ जेठ २ गते भएको दुवै अध्यक्षले आलोपालो अर्थात् समान अवधि सरकार सञ्चालन गर्ने समझदारी खारेज भएको टिप्पणी गरेका छन् ।  “बुधबारको सचिवालयको निर्णयअनुसार अब पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूरा कार्यकाल अर्थात् पाँचवर्ष सरकारको नेतृत्व गर्नुहुनेछ, पार्टीमा उहाँको जिम्मेवारी विधानअनुरूप हुनेछ,” पूर्वएमाले निकट एक नेताले बाह्रखरीसँग भने ।

त्यो ‘गोप्य’ पाँचबुँदे जसले केपी ओलीलाई सत्ता छाड्न बाध्य पार्दैछ !

पूर्वमाओवादी केन्द्रका नेता थापाले पनि प्रचण्डको जिम्मेवारी किटान भएसँगै अर्का अध्यक्ष ओलीले पाँचवर्ष सरकार सञ्चालन गर्न बाटो खुलेको बताए ।

“बीचबीचमा प्रधानमन्त्री परिवर्तन गर्दा त्यसको असर अन्यत्र पनि पर्ने, संस्थागत अस्थिरता पैदा हुने र त्यसले आम जनतामा नकारात्मक सन्देश प्रवाह हुन्थ्यो । हामीले परिकल्पना गरेको स्थायी सरकारको प्रत्याभूति पनि हुँदैनथ्यो । अब अध्यक्ष ओलीले पूरा कार्यकाल सरकार सञ्चालन गर्न बाटो खुलेको छ, स्थायी सरकारको आकाङ्क्षा पनि पूरा भएको छ,” उनले भने ।

तर हरिबोल गजुरेलको तर्क अलि भिन्न छ । उनले सरकारको काम प्रभावकारी भएमा मात्र केपी ओलीले पूरा कार्यकाल प्रधानमन्त्री चलाउन सक्ने बताउँछन् ।

“अध्यक्ष प्रचण्डले म प्रधानमन्त्री हुनुपर्‍यो भनेर पार्टी कमिटीको बैठकमा भन्नुभएको छैन । पार्टीका मञ्चमा पनि बोल्नुभएको छैन । पार्टीभित्र सहमति भएमा अध्यक्ष ओली पूरै कार्यकाल प्रधानमन्त्री बन्न सक्नुहुन्छ भनेर सार्वजनिकरूपमा भन्दै आउनुभएको छ । बुधबारको बैठकले अध्यक्षद्वयको कार्यविभाजन प्रश्नको निरूपण गरेको हो । कार्यविभाजनअनुरूप सरकारको काम प्रभावकारी देखियो भने नेतृत्व फेर्ने प्रश्न नउठ्न सक्छ । तर अपेक्षा पूर्ति हुन सकेन भने पार्टीभित्र कुरा उठ्छ । जनस्तरबाट पनि उठ्छ,” उनले प्रष्ट पार्न खोजे ।

प्रचण्ड कार्यकारी अध्यक्ष भए, ओली आलङ्कारिक ?

नेकपाको मौजुदा विधानले दुई अध्यक्षलाई बराबर अधिकार प्रत्यायोजन गरेको छ । कसैलाई कार्यकारी कसैलाई आलङ्कारिक अर्थात् सेरेमोनियल भूमिका प्रदान गरेको छैन । यसर्थ बुधबारको सचिवालयको निर्णयबाट पूर्वमाओवादी केन्द्र धेरै उत्साहित हुनुनपर्ने पूर्वएमालेका नेता बताउँछन् ।

“बुधबारको सचिवालयले गरेको निर्णय यसअघि नै विधानमै व्यवस्था छ । त्यसबाट ज्यादा उत्साहित हुनुपर्ने, एकल अध्यक्षको जिम्मेवारी पाए झैं अनुभूति गर्नुपर्ने देखिँदैन,” ती सदस्यको दाबी छ ।

बुधबारको निर्णय राजनीतिक मात्रै भएकाले वामदेव गौतमलाई उपाध्यक्ष प्रस्तावित गरेजस्तै अलपत्र पर्न सक्ने खतरा उनी औल्याउँछन् ।

नेकपाको अन्तरिम विधानको धारा १८ ले अध्यक्षद्वयलाई सातवटा अधिकार प्रत्यायोजन गरेको छ ।
राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको अध्यक्षता गर्ने, पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्ने, केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका बैठकमा आफ्नो तर्पmबाट, एकताको राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय कमिटीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी, केन्द्रीय सचिवालयका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने, पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान कार्यान्वयन गर्ने र गराउने, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने, दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने । पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने अधिकार अध्यक्षद्वयलाई दिएको छ ।

बुधबारको सचिवालय बैठकले पनि यो भन्दा फरक निर्णय नगरेको पूर्वएमालेका नेताहरूको दाबी छ । पार्टी केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरे मात्रै अध्यक्ष ओलीको भूमिका कटौती हुने पूर्वएमालेका केन्द्रीय नेताहरूको तर्क छ ।

बुधबारको सचिवालयले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँटका सन्दर्भमा मूलभूत रूपमा चारवटा निर्णय गरेको छ । पहिलो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयताक्रम यथावत रहने । दोस्रो केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको नाममा केन्द्रित हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन पुष्पकमल दाहाल प्रचण्डले गर्ने । तेस्रो, प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने र चौथो, पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने । पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।

पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था अवलम्बन गर्ने निर्णयले नै प्रचण्डलाई कार्यकारी भूमिका अग्रसर हुन नदिने र निर्णय प्रक्रियामा अर्का अध्यक्ष ओलीको भूमिका ओझेलमा नहुने दाबी पूर्व एमालेको छ ।

त्यसो त थापा पनि बुधबारको निर्णय राजनीतिक भएको बताउँछन् ।

“अध्यक्षद्वयको कार्यविभाजन मूलतः राजनीतिक हो । विधान पनि सहमतिको दस्तावेज भएकाले राजनीतिक सहमति नै मुख्य कुरा हो । यसअघि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि राजनीतिक नै थियो,” उनले भने ।

पार्टीका ‘कोर अफ द लिडर’बीच सहमति भए पार्टी सञ्चालन गर्न बाधा नहुने उनको तर्क छ ।

माधव समूह उत्साहित

माधव नेपालले गत भदौ ३ गते पार्टीका निर्णयप्रति असहमति जनाउँदै सात बुँदे नोट अफ् डिसेन्ट लेखेका थिए । जसको तेस्रो बुँदामा पार्टीका हरेक कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षदेखि सबै व्यक्तिमा लागु गर्नुपर्ने उल्लेख थियो । गतवर्षको मङ्सिर २९ देखि पुस १३ गतेसम्म चलेको पार्टी स्थायी कमिटीको बैठकमा वामदेवले पनि यस्तै सुझाव अघि सारेका थिए । “अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकूलता भएको पाइएन । तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्नेतर्फ नै ध्यान बढी दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारीरूपमा पार्टी सञ्चालन गर्नेतर्फ ध्यान बढी दिने व्यवस्था गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुवै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागुगर्ने,” उनले त्यतिबेला प्रस्ताव गरेका थिए ।

बुधबारको सचिवालय बैठकले माधव नेपालको प्रस्ताव कार्यान्वयन गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठ)

“पार्टी अध्यक्षबाटै एक व्यक्ति एक मुख्य जिम्मेवारीको सुरूवात भएको छ, यो तलसम्मै कार्यान्वयन होस्,” उनले बाह्रखरीसँग भने । उनले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँट नहुँदा सरकारले पार्टी चलाउनेजस्तो देखिएको र सचिवालयको बैठकले त्यसको अन्त्य गरेको बताए ।
“अध्यक्षद्वयको कार्यविभाजन नहुँदा सरकारले पार्टी चलाएकोजस्तो देखिएको थियो । पार्टीले सरकार चलाउने हो । सचिवालयको निर्णयले त्यो किटान गरेको छ,” उनले भने ।

उनले बुधबारको निर्णय ‘असामान्य’ भएको टिप्पणी पनि गरे । यो सामान्य निर्णय होइन । हाम्रो पार्टीमा दुईजना अध्यक्ष भए पनि पार्टी कमिटीको बैठक आह्वान गर्ने,  बैठकको अध्यक्षता गर्ने, अजेण्डा प्रस्तुत गर्ने, निष्कर्ष निकाल्ने काम अध्यक्ष केपी ओलीले नै गर्नुहुन्थ्यो । उहाँ नहुँदा कमिटीको बैठक बस्दैनथ्यो,” उनले बाह्रखरीसँग भने, “बुधबारको निर्णयले उहाँमा निहीत कार्यकारी अधिकार प्रचण्डलाई प्रदान गरेको छ । अब अध्यक्ष ओलीको अनुपस्थितिमा या उपस्थितिमा पनि प्रचण्डले बैठक बोलाउने, बैठकको अध्यक्षता गर्ने, निष्कर्ष निकाल्ने र जारी गर्ने अधिकार दिएको छ ।”

उनले पार्टीको एकता महाधिवेशनसम्मै विधानमा दुई अध्यक्षको व्यवस्था भए पनि जिम्मेवारीका हिसाबले अध्यक्ष प्रचण्डले प्रमुख भूमिका पाएकोसमेत बताए ।

“बैठक बोलाउँदा उहाँ (प्रचण्ड)ले अर्को अध्यक्ष (ओली)सँग परामर्श गरे पनि बैठकमा प्रमुख भूमिका हुनेछ । कमिटीका बैठकको अध्यक्षता गर्ने भन्नेबित्तिकै भूमिका फरक हुने नै भयो,” उनी भन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro