site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 सागका लागि पूर्वाधारको तयारी तीव्र, रंगशालाको भीआईपी छानो यसैसाता आइपुग्ने  
SkywellSkywell

काठमाडौं । नेपालमा मंसिर तेस्रो साताबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सुरु हुँदैछ । आयोजनाको जिम्मा लिएको लामो समयपछि मंसिर तेस्रो साताबाट साग सुरु हुन लागेको हो । पूर्वाधारका कारण देखाउँदै दुई पटकसम्म मिति सारेर मंसिरका लागि तय साग समयमै गर्न यतिबेला आयोजक नेपालले तयारी तीव्र पारेको छ । मात्र २४ दिन बाँकी रहँदा अझै पूर्वाधारले पूर्णता पाएको छैन । 

उद्घाटन र समापन गर्ने एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको स्तरोन्नति अहिले तीव्र गतिमा भइरहेको छ । रंगशालामा रंगरोगनसहित सिट राख्ने, सरसफाइ गर्ने लगायका काम भइरहेका छन् । रंगशालामा सागअघि मंसिर ३ गते विश्वकप छनोटको खेल गराउने तयारी छ । विश्वकप छनोट भएका कारण पनि रंगशालालाई चिटिक्क बनाउन राखेपलाई भ्याईनभ्याई छ । 

KFC Island Ad
NIC Asia

२०७२ सालको भूकम्पमा दशरथ रंगशाला क्षतविक्षत भएको थियो । लामो समयको प्रयासपछि रंगशाला अहिले रंगशाला जस्तो बन्दैछ । एकताका मर्निङ वाक गर्ने थलो बनेको रंगशालाको स्तरोन्नति अहिले अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्को दाबी छ । परिषद्का पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख दिपक उपाध्यायले सबै पूर्वाधारको काम अन्तिम चरणमा रहेको बताए । 

उनले अरु काम सकाएर अहिले दशरथ रंगशालाको भीआईपी प्यारापिटतर्फ केन्द्रित भएको बताए । शुक्रबारसम्ममा कार्गोमार्फत् प्यारापिटको छानो नेपाल आइपुग्ने र विश्वकप छनोटअघि नै तयार पार्ने लक्ष्यमा काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रका पूर्वाधारको काम पनि अन्तिम चरणमा पुगेको छ । महिला फुटबल सञ्चालन हुने पोखरा रंगशालामा अहिले एथ्लेटिक्स ट्रयाकको काम भइरहेको छ । ३० हजार दर्शक क्षमताको बनाउने ग्रेट स्पोर्टस् इन्फा कन्सट्रक्सनले टेण्डर पाए पनि सागअघि १० हजार सिट राख्ने सहमतिअनुसार सिट आइपुगेलगत्तै जडान सुरु गरिने पूर्वाधार प्रमुख उपाध्यायले बताए । 

Royal Enfield Island Ad

अहिले एथ्लेटिक्स ट्रयाक बनाउने क्रम सुरु भएको र सिट यो सातामा आइपुग्ने उनको भनाइ छ । “विशाखापटनमबाट सामनहरु नेपालका लागि हिँडिसकेको छ । सरकारले पनि छिटो पठाउन आग्रह गर्यो । सोहि अनुसार सिट लोड ट्रक पोखरामा पुगेबित्तिकै काम सुरु हुनेछ,” उनले भने ।

सातदोबाटोमा बनिरहेको हिटिङ स्वीमिङ पुल पनि १५–२० दिनमा सकिने उपाध्यायले बताए । समयमै नसकिने टिप्पणी भइरहेको बेला पूर्वाधार शाखा प्रमुख उपाध्यायले भने, “छानो हाल्न बाँकी छ । मेसिन आइसकेको छ । जोड्न बाँकी छ । छानो हालेपछि टायल हाल्ने काम हुनेछ । टायल हाल्न १० दिन लाग्छ नै । समग्रमा २० दिनमा हिटिङ पुलको काम सकिन्छ ।”

उनका अनुसार लनटेनिसको पूर्वाधार तयार भइसकेको छ भने स्वाक्सको पूर्वाधार अन्तिम अवस्थामा छ । पोखरामा कभर्डहल तयारीमा अवस्थामा रहँदा क्रिकेट मैदान तयार गरिएका छन् । रेस्लिङ हुने जनकपुरमा कर्भडहल बनिसकेको उपाध्यायले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro