site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नयाँ अनुभव बटुलेर फर्कँदैछ महिला भलिबल टोली
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नयाँ अनुभवसहित नेपाली राष्ट्रिय महिला भलिबल टोली आज (सोमबार) स्वदेश फर्किँदै छ । भलिबलको इतिहासमै पहिलोपटक वैदेशिक भ्रमणको अवसर पाएको टोली अपराह्न स्वदेश फर्किन लागेको हो ।  केही दिन घरेलु मैदानमा अभ्यासपछि टोलीको पहिलो परीक्षा बंगलादेशमा हुनेछ । बंगलादेशमा प्रथम सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप आयोजना हुँदैछ । त्यहीँ महिला टोलीको विशेष परीक्षा हुनेछ । 

त्यसो त महिला भलिबल टोलीको वैदेशिक भ्रमण दुई मुख्य प्रतियोगिता १३ औं दक्षिण एसियाली खेलकुद (साग) र सेन्ट्रल जोन भलिबलमा नै केन्द्रित छ । 

Prabhu Bank
Agni Group
NIC Asia

साग मंसिर तेस्रो साताबाट नेपालमा सुरु हुँदैछ भने सेन्ट्रल जोन भलिबल भने यही महिनामै हुनेछ । प्रशिक्षक जगदिश भट्टको अपेक्षाअनुसार खेलाडी आफ्नो प्रदर्शनलाई लिएर उत्साहित भएका छन् । वैदेशिक भ्रमणले आफ्नो खेल प्रदर्शनमा सुधार आएको खेलाडी बताउँछन् ।  टोलीकी महत्वपूर्ण सदस्य सरस्वती चौधरीले वैदेशिक प्रशिक्षण अपेक्षाकृत भएको बताइन् । बाह्रखरीसँगको कुराकानीमा सरस्वतीले भनिन्,“प्रशिक्षक निकै राम्रो भएको छ । हामीले आफ्ना कमजोरी औल्याँउदै सुधार गरेका छौं । यसले आगामी दिनमा सहज हुनेछ ।”

उनले विशेषतः सिनियरसँगै जुनियर खेलाडीलाई बढी सिक्ने अवसर मिलेको बताइन् । “राम्रो टोलीसँग मैत्रीपूर्ण खेल खेल्न पायौँ । राम्रा खेलाडीका टेक्निक पनि हेर्न पायौं । केही सिक्यौं पनि,” सरस्वतीले भनिन् ।  अहिलेको म्याच एक्सपोजरले घरेलु मैदानमा हुने सागमा स्वर्ण पदकको यात्रा थप सहज हुने उनको भनाइ छ । मैत्रीपूर्ण खेलका दौरान घाइते सरस्वती अहिले भने फिट भइसकेकी छन् । 

Global Ime bank

कप्तान अरुणा शाहीले वैदेशिक भ्रमण फलदायी भएको बताइन् । उनले महिला खेलाडीले नयाँ अनुभव लिन पाएको बताइन् । “हामीले आफनो स्तर चेक गर्न सक्यौं । आफ्ना कमजोरी सुधारको मौका पाएका छौं,“कप्तान अरुणाले भनिन् ।  थाइल्याण्ड रहँदा नेपालले ६ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ३ मा जित र ३ मा हार बेहोरेको थियो ।

थाइल्यान्डको राष्ट्रिय टोलीसँग अन्तिम मैत्रीपूर्ण खेलेको नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो ।  भट्टको प्रशिक्षणमा रहेको टोली असोज २९ गते थाइल्यान्ड प्रस्थान गरेको हो । भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदपछि कुनै पनि अन्तर्राष्ट्रिय भ्रमण नगरेको टोलीले १३ औं सागका लागि अवसर पाएको हो । यो अवसर नेपाल भलिबल संघको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद (राखेपको)सहयोगमा मिलेको हो ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय