site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनापछि वामदेवको उपाध्यक्ष पद ‘पाको’ हुँदै
SkywellSkywell

काठमाडौं । प्रस्ताव गरिएको तीन महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमको उपाध्यक्ष पद पक्का हुने भएको छ ।

नेकपाले स्थायी कमिटीको बैठक बोलाएर पार्टीको अन्तरिम विधान संशोधनमार्फत् उपाध्यक्ष पद सिर्जना गर्न लागेको हो । स्थायी कमिटीले विधान संशोधनको प्रस्ताव तयार नपारेकाले गौतमको उपाध्यक्ष पद अलपत्र परेको छ ।

नेकपाको अन्तरिम विधानमा उपाध्यक्ष पद छैन । नेकपाको विधानमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्ता रहने व्यवस्था छ । तर गत साउन ३१ गते बसेको सचिवालय बैठकले नेता गौतमलाई उपाध्यक्ष प्रस्तावित गर्दै अनुमोदनका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो ।

KFC Island Ad
NIC Asia

तर स्थायी कमिटीले अनुमोदन गरेर मात्रै पुग्दैन । स्थायी कमिटीले विधान संशोधन गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजानेगरी वामदेवको उपाध्यक्ष पद पक्का गर्न लागिएको एक नेताले जानकारी दिए ।

“सचिवालयको बैठकले वामदेवको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो । स्थायी कमिटीले अनुमोदन गरेर मात्रै पुग्दैन । विधान नै संशोधन गर्नुपर्छ । विधान संशोधन गर्ने अधिकारकि त एकता महाधिवेशनलाई छ, कि केन्द्रीय कमिटीलाई हुन्छ,” एक नेताले भने ।

Royal Enfield Island Ad

नेकपाको अन्तरिम विधानको धारा ६६ ले विधान संशोधन गर्ने अधिकार केन्द्रीय कमिटीलाई प्रदान गरेको छ । बहुमत केन्द्रीय सदस्यले विधान संशोधन, परिमार्जन गर्न सक्नेछन् । स्थायी कमिटीसँग त्यो अधिकार नभएकाले केन्द्रीय कमिटीले विधान संशोधन गरेपछिमात्र गौतमको उपाध्यक्ष पद पाको हुनेछ ।

एक वर्षपछि स्थायी कमिटीको बैठक

नेकपाले स्थायी कमिटीको बैठक एक वर्षभन्दा लामो समयपछि बस्न लागेको हो । यसअघि छठलगत्तै अर्थात् कात्तिक १८ गते स्थायी कमिटीको बैठक बोलाउने दुई अध्यक्षबीच समझदारी भएको थियो । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अचानक मृगौला डायालासिस गराउनु पर्ने भएपछि सोमबार नै बैठक बस्ने सम्भावना नरहेको एक स्थायी कमिटी सदस्य बताउँछन् । 

तर उपनिर्वाचनमा जुट्नुपर्ने भएकाले आउँदो हप्ताभित्रै बैठक बोलाउने तयारी भइरहेको ती नेता बताउँछन् ।

नेकपाले गतवर्ष मङ्सिर २९ गते स्थायी कमिटीको बैठक बोलाएको थियो । पुस १३ गतेसम्म बसेको बैठकले पार्टी र सरकारको कामको समीक्षा गरेको थियो । र एकता प्रक्रिया निष्कर्षमा पुर्याउन ९ सदस्यीय कार्यदल समेत बसेको थियो । 

कार्यदलले प्रतिवेदन तयार पारेपछि स्थायी कमिटी बसेर छलफल गर्नेगरी सकिएको बैठक त्यसपछि बस्दै बसेन । बरु कार्यदल नै विघटन भयो । एकता प्रक्रिया पनि टुङ्गिएन । स्थायी कमिटीले बनाएको कार्यदल स्थायी कमिटीलाई थाहै नदिई सचिवालयले भङ्ग गरेको भन्दै सदस्यहरू क्षुब्द पनि बने ।

जबकी नेकपाको अन्तरिम विधानमा ३ महिनाभित्र स्थायी कमिटीको बैठक बोलाउनुपर्ने प्रावधान छ । अझ अन्तरिम विधान मस्यौदा गर्दा दुई–दुई महिनामा स्थायी कमिटीको बैठक बस्ने तय गरिएको थियो । तर विधान छापिएर आउँदा तीन महिने प्रावधान राखिएको भन्दै अधिकांश स्थायी कमिटी सदस्यले असन्तुष्टि जनाएका थिए ।

मङ्सिर १४ को उपनिर्वाचन नजिकिएकाले अहिले पनि नेकपासँग सरकार र पार्टीको कामको बारेमा मिहीन समीक्षा गर्ने समय छैन । तथापि थोरै कार्यसूची बनाएर स्थायी कमिटीको बैठक बोलाउन लागिएको अध्यक्ष निकट स्रोत बताउँछ ।

केन्द्रीय कमिटीको बैठक अझै अन्यौल

नेकपाको केन्द्रीय कमिटीको बैठक अझै अन्यौल छ । स्थायी कमिटीजस्तै केन्द्रीय कमिटीको बैठक पनि छ–छ महिनामा बोलाउनुपर्ने प्रावधान छ । तर नेकपाको बैठक शपथ खान र निर्वाचन आयोगमा पार्टी दर्ताका लागि हस्ताक्षर बुझाउने प्रयोजनका लागिबाहेक बसेको छैन ।

एकताको डेढ वर्षे अवधिमा एकपटक पनि केन्द्रीय कमिटी बैठक नबोलाइएको भन्दै नेकपा भित्र असन्तुष्टि पनि झाँगिएको छ । हरेक निर्णय केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने प्रावधान भएकाले पार्टीका निर्णय केन्द्रीय कमिटीले नचिनेको भन्दै थप असन्तुष्टि पनि बढेको छ । तर पनि बैठक अझै अनिश्चित बनेको नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro