site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुर–१ (क) मा कांग्रेस र नेकपाका १०/१० आकांक्षी

काठमाडौं । उपनिर्वाचनको मिति नजिकिँदै जाँदा भक्तपुर १ (क) प्रदेशसभामा चुनावी चटारो छाएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यलय स्थापना गर्ने तयारी गरिरहँदा जिल्लाका मुख्य राजनीतिक दलले पनि चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । उमेदवार सिफारिस, घरदैलो र भेलामा उनीहरूको ध्यान गएको छ ।

चाँगुनारायण नगरपालिकाको १ देखि ९ वडा र भक्तपुर नगरपालिकाको १० नम्बर वडा रहेको प्रदेश (क)मा ४५ हजार ३६ मतदाता रहेका छन् । यो सङ्ख्या गत प्रदेशसभाको निर्वाचनभन्दा  १ हजार ४८६ ले बढी हो ।

भक्तपुर–१ (क) का लागि नेपाली कांग्रेसले १० जनाको नाम केन्द्रमा पठाएको छ । त्यसमा यसअघिका उमेदवार जीवन खत्रीको भने नाम छैन ।

जिल्ला कार्यसमिति भक्तपुरले उमेदवारका लागि सिफारिस भएर आएका १० जना आकांक्षीको नाम केन्द्रमा पठाइएको पार्टी सभापति दुर्लभ थापाले जानकारी दिए । 

थापाले प्रदेशसभा स्तरीय कार्यसमितिबाट सिफारिस भएका सबैको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार प्रदेशसभा सदस्यको उमेदवारका लागि आकांक्षी देखिएका यादव अधिकारी, मनोज थापा, किरण काफ्ले, उद्धव खड्का, कृष्णलाल भँडेल, सुभद्रा काफ्ले, रूपा थापा, हरि नेपाल, विनोद कायस्थ र सुरेश श्रेष्ठको नाम केन्द्रमा सिफारिस भएको हो ।  

सिफारिस भएकामध्ये अधिकारी र नेपाल उमेदवारका प्रवल दावेदार मानिन्छन् । अधिकारी संस्थापन निकट मानिन्छन् भने नेपाल भक्तपुर कांग्रेसका उपसभापति हुन् । कांग्रेस स्रोतले संस्थापन पक्षीय नेताहरूसँगको सम्बन्धका कारण अधिकारीको सम्भावना बलियो देखिएको दाबी गरेको छ । 

“सिफारिस भएका मध्ये अधिकारीको संस्थापन पक्षीय नेताहरुसँग राम्रो सम्बन्ध छ । उहाँको जनआधार पनि बलियो भएकाले टिकट पाउने आधारहरु छन्,” स्रोतले भन्यो, “त्यस्तै नेपालजी जिल्ला उपसभापति हो, उहाँको पनि सम्भावना उत्तिकै देखिन्छ ।”

उपनिर्वाचनका लागि उमेदवारको टुंगो लगाउन कांग्रेसले आज (बिहीबार) दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा उपनिर्वाचनका विषयमा छलफल गरेर निर्णयमा पुगिने बताएका छन् । 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार र बुधबार आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएर उपनिर्वाचनका बारेमा अनौपचारिक छलफल गरेका थिए । 

यता सत्तारुढ नेकपा भने अन्योलमा छ । भर्खर पार्टी एकीकृत भएको नेकपा फर्ममा आइसकेको छैन ।

जिल्ला कमिटी चलायमान नहुँदा चुनावी गतिविधिमा असर देखिएका नेकपाले जनाएको छ । भक्तपुर–१ (क) नेकपाको प्रभाव क्षेत्र हो । विशेषतः पूर्वएमालेको । एमाले–माओवादी केन्द्र गठबन्धन बनाएर देशभर चुनावमा होमिएको भए पनि भक्तपुर–१ (क)मा छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएका थिए ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट उमेदवार बनेका हरिशरण लामिछानेले १२ हजार ७८९  मत ल्याएर चुनाव जितेका थिए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस जीवन खत्रीले ९ हजार ९७७ मत ल्याएका थिए ।

भक्तपुर–१ (क)मा नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पनि राम्रो प्रभाव छ । नेमकिपाका उमेदवार नीरज लवजुले ७ हजार ०१९ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा प्रतिस्पर्धामा १० उमेदवार थिए । तर तीनजनाबाहेक अरूले तीन अङ्कको भोट कटाउन सकेनन् ।

अघिल्लो वर्ष, २०७५ वैशाख ३१ गते प्रदेशसभा सदस्य लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त क्षेत्र रिक्त हुन पुगेको हो । मङ्सिर १४ को निर्वाचनमा  लामिछानेको लिगेसी रहने हुनाले एकभन्दा बढी आकांक्षी देखिएको नेकपाको भनाइ छ ।

नेकपाभित्र पनि झण्डै १० जनाको नाम चर्चामा छ । मोहनदीप श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकी, दामोदर दङ्गाल, बीपी ढकाल लगायतको नाम चर्चामा रहेको नेकपा स्रोतले जानकारी दियो ।

नेकपाले चुनाव लक्षित गरी टोल, वडास्तरीय भेला आयोजना गरेको १० गतेभित्र जिल्लाको बैठक बसेर उमेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाउने जानकारी दिए ।

नेकपा सचिवालयले कात्तिक १० गतेभित्र उमेदवार सिफारिस गर्न तल्ला कमिटीलाई निर्देशन दिएको छ । नेमकिपाले भने यसअघिकै उमेदवारलाई निरन्तरता दिने सम्भावना रहेको पार्टीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro