site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद साह प्रहरीको थुनुवा घरमा

जनकपुर । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवाघरमा राखिएको छ । 

मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ परेका साहलाई हवाइमार्ग हुँदै म्याद थपका लागि सोझै जिल्ला अदालतमा लगिएको थियो । तर, कार्यालय समय समाप्त भइसकेको हुँदा म्याद थप हुन नसकेपछि बुधबार पुनः अदालत लग्नेगरी तत्काललाई जिल्ला प्रहरी कार्यालयको थुनुवाघरमा राखिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जनाए । 

साहलाई अन्य थुनुवालाई जस्तै जिल्ला प्रहरी कार्यालयमा बस्ने व्यवस्था मिलाइएको खनालको भनाइ छ । 

सांसद साह काठमाडौंमा पक्राउ परेको खबर पाउने बित्तिकै उनका समर्थकहरु जनकपुर विमानस्थलमा पुगेर प्रदर्शन गर्न थालेका थिए । अहिले जिल्ला प्रहरी कार्यालय अगाडि सांसद साहका समर्थक तथा राजपका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । 

सोमबार जनकपुर विमानस्थलमा ११ः४० बजे आउनुपर्ने विमान डेढ बजेसम्म नआएको र यसमा कर्मचारीको लापरवाही रहेको भन्दै आक्रोसमा आएका सांसद साहले तोडफोड तथा कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । पछि सोही जहाज चढेर काठमाडौं पुगेका सांसद साह मंगलबार ओखलढुंगा जाने क्रममा काठमाडौं विमानस्थलबाट पक्राउ परेका हुन् । 

नागरिक उड्डयन कार्यालय, जनकपुरले दिएको जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतको अनुमति लिएर मंगलबार काठमाडौं पठाएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले विमानस्थलबाटै साहलाई पक्राउ गरेको हो । सर्लाहीको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साहलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामै पठाउन लागिएको धनुषाका एसपी शेखर खनालले बताए । 

खनालका अनुसार जनकपुर आइपुग्नेबित्तिकै जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने योजना छ । जाहेरी अनुसारको घटनामा संलग्न देखिए सांसद साहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने खनालले बताए ।  उनका अनुसार साह विरुद्ध गैरसैनिक हवाइ उडान ऐन २०१५ मा उल्लेखित प्रावधानलाई टेकेर नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro