site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
थाइल्याण्डको प्रशिक्षणले गोल्ड मेडल ल्याउने लक्ष्य मजबुत
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) आगामी मंसिरमा नेपालमा सुरु हुँदैछ । घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिता भव्य र सभ्य बनाउने रणनीतिसहित  आयोजक नेपालले तयारी तिव्र बनाएको छ ।  

पूर्वाधार निर्माणदेखि स्तरोन्नतिमा लागेको नेपालले घरेलु मैदानमा ऐतिहासिक पदक राख्ने लक्ष्यसहित तयारी गरिरहेको छ । सहभागि हुने २७ खेलमध्ये अधिकांश खेलाडी छनोटमा व्यस्त छन् । साउन १ गतेबाट सुरु बन्द प्रशिक्षणबाट कतिपय खेल संघ अन्तिम टोली घोषणाको तयारीमा छन् । हरेक खेलको अपेक्षा पदक नै छ । 

त्यसमध्येको एक भलिबलबाट नेपालले पदकको धेरै नै अपेक्षा राखेको छ । पुरुष टोली भन्दा अपेक्षा महिला टोलीमा बढी छ । किनकी महिला टोलीको साग इतिहास सम्झन लायक छ । २०१६ मा भारतमा सम्पन्न १२ औं सागमा टोलीले कास्य जितेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कास्य जितेको महिला टोली यतिबेला भने घरेलु मैदानमा कीर्तिमानी पदक राख्ने लक्ष्यमा छ । त्यसबेलाका केही खेलाडी मात्र समावेश गरिएको हालको टोली नतिजामा छलाङ मार्न चाहन्छ । अर्थात् स्वर्ण पदक कब्जा गर्ने रणनीतिमा छ । 

खेलाडीको स्वर्ण पदक सपनालाई सार्थकता दिन जगदिश भट्टले प्रशिक्षण गराइरहेका छन् । त्यसो त प्रशिक्षक भट्ट प्रारम्भिक छनोटमा नै विवाद परेका थिए । तर विवादकै बीच सुरु गरिएको प्रशिक्षणबाट उनले अहिले १८ खेलाडी छनोट गरेका छन् । त्यहि १८ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रशिक्षक भट्ट असोज अन्तिम साता थाइल्याण्ड जाँदैछन् । 

Global Ime bank

उनको नेतृत्वमा रहेको टोलीले त्यहाँ एक मैत्रीपूर्ण खेलसँगै अभ्यास गर्नेछ । यसबाट टोलीको स्वर्ण पदक जित्ने रणनीति थप मजबुत बन्ने उनको दाबी छ । भन्छन्, “सागको इतिहासमा यति लामो तयारीको अवसर पाएका छन् खेलाडीले । अहिले प्रदर्शन सुधारिएको छ । अझ थाइल्याण्डको भ्रमणले स्वर्ण जित्ने लक्ष्य मजबुत हुनेछ ।”

त्यसो त महिला भलिबल टोलीको वैदेशिक भ्रमणको रेकर्ड निकै कम छ । २०१६ मा भारतमा सम्पन्न १२ औं सागपछि उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छैनन् । त्यो बीचमा अनुभवी खेलाडी भलिबलबाट टाढिए । विनिता बुढाथोकी, मन्जु गुरुङ, कोपिला उप्रेति र नेबिका चौधरी टोलीमा छैनन् ।

अधिकांश नयाँ खेलाडी समावेश छन् । त्यसैले पनि खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको अनुभव आवश्यक छ । प्रशिक्षक भट्टले अनुभवसँगै म्याच एक्सपोजरका लागि भ्रमण फलदायी हुने बताए । “जोसिला  खेलाडी छन् । अनुभव कम छ । वैदेशिक भ्रमणले मनोबल बढ्छ नै, सँगै खेल अनुभव पनि बढ्छ । त्यसैमा हुने मैत्रीपूर्ण खेलले आफनो प्रदर्शन सुधारमा पनि मद्दत मिल्छ,” प्रशिक्षक भट्टले भने । 

उनका अनसार खेलाडीको प्रदर्शन अहिले सुधारिँदो छ । लामो समयको तयारी अवसरले पनि खेलाडीलाई आफनो स्तर सुधार्न मद्दत पुगेको भटट् बताउँछन् । “तयारी राम्रो भइरहेको छ । आज बिगारेको भोली सुधार गर्छन् । सुधार आइरहेको छ,” प्रशिक्षक भट्टले भने । 

खेलाडी सरस्वती चौधरीले तयारीमा आ–आफ्नो पक्ष सुधार गरिरहेको बताइन् । उनले थाइल्याण्ड भ्रमणले अझ निखारता ल्याउन सहयोग गर्ने बताइन् । “लामो समयपछि भ्रमणको अवसर जुरेको छ । खेलाडी निकै उत्साहित छन् । हामी विशेषतः आफ्नो प्रदर्शन सुधारमा केन्द्रित छौं,” सरस्वतीले भनिन् ।  

नेपाली टोलीकी महत्वपूर्ण सदस्य सरस्वती भलिबलमा आएको पहिलो वैदेशिक अभ्यासले क्षमताको स्तर सुधारसँगै खेलाडीको मनोबल बढ्ने बताउँछिन् । उनी भन्छिन्, “खेल अगाडि पहिलो पटक बाहिर अभ्यासको मौका छ । हामी यस मौकाबाट भरपुर फाइदा उठाउनेछौं ।”

महिला भलिबल टोली दसैं लगत्तै थाइल्यान्ड जानेछ । प्रशिक्षक भट्टले दसैंको ५ दिन बिदापछि थोरै समय अभ्यास गरेर महिला टोली असोज २९ गते थाइल्याण्ड प्रस्थान गर्ने बताए । उनका अनुसार करिब २० दिनको प्रशिक्षणपछि टोली स्वदेश फर्किनेछ । स्वदेश फर्किएको केहीदिनपछि नेपालले बंगलादेशमा आयोजना हुने प्रथम सेन्ट्रल जोन महिला भलिबल च्याम्पीयनसिपमा सहभागिता जनाउनेछ । 

सेन्ट्रल जोनपछि सागका लागि अन्तिम टोली घोषणा गर्ने प्रशिक्षक भट्टको तयारी छ । सेन्ट्रल जोनपछि भलिबल टोली बहुप्रतिक्षित १३ औं सागमा सहभागिता जनाउनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय