site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुखलाई राजीनामा गराउने नेकपाको तयारी
SkywellSkywell

काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पद नछाड्ने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पद जोगाउने खेलमा नेकपा लागेको हो । 

यौन दुर्व्यवहार–दूराचारको आरोप लागेपछि महरालाई नेकपा सचिवालयले सभामुख र संसद् सदस्य दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभामा अहिले सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाउँदै आएको छ । र, अदालतमा मुद्दा पनि विचाराधीन छ ।

KFC Island Ad
NIC Asia

तर, नेकपाले उमेदवार भई निर्वाचित हुँदाका बखत फरकफरक पार्टीको रहेको र सम्बन्धित पदमा चुनिइसकेपछि दलको सदस्य नरहेकाले एउटै पार्टीको भन्न नमिल्ने जिकिर गर्दै आइरहेको थियो । 

रिक्त सभामुख पदमा उमेदवारी दिन नेकपालाई संवैधानिक अड्चन छ । यसर्थ उपसभामुख तुम्बाहाम्फेलाई समेत राजीनामा गराएर सभामुख आफैँसँग राख्ने तयारी रहेको नेकपाका एक नेताले जानकारी दिए ।

Royal Enfield Island Ad

उपसभामुख भने सत्तामै रहेको समाजवादी पार्टी, नेपाल नभए राष्ट्रिय जनता पार्टीलाई दिने सम्भावना रहेको स्रोत बताउँछ ।

उपसभामुखले कसलाई बुझाउने राजीनामा ?

महराले पदबाट राजीनामा दिएर सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरिसकेकाले संसद् सभामुखविहीन रहेको तर्क एकाथरी कानुनवेत्ताहरूको छ । र, तुम्बाहाम्फेले राजीनामा गर्न नमिल्ने मत उनीहरूले राख्दै आएका छन् ।

तर संविधानसभाका पूर्वअध्यक्ष, एवम् पूर्वसभामुख सुवास नेम्वाङ सभामुख रिक्त रहे पनि पद रिक्त नहुने तर्क गर्छन् । महराले सभामुख पदबाट राजीनामा दिएको तर संसदमा सभामुख पद रहिरहेको अर्थमा बुझ्नुपर्ने उनको तर्क छ ।

“संसद् नियमावलीमा उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिने व्यवस्था छ । सभामुख पदमा बहाल हुनुपर्छ भन्ने व्यवस्था त छैन । सभामुख पद हो, जुन संसद्मा बहाल छ । अतः त्यो पदलाई सम्बोधन गरेर उपसभामुखले राजीनामा दिने । उपसभामुखले राजीनामा दिएपछि संसद्को ज्येष्ठ सदस्यले संसद् सञ्चालनको जिम्मा लिन्छ । उपसभामुखको राजीनामा पढेर सुनाउँछ । उपसभामुखको पद  रिक्त हुन्छ । र, सभामुख, उपसभामुख दुवैको निर्वाचनको बाटो खुल्छ,” उनी भन्छन् ।

उनले उपसभामुखको राजीनामामा कुनै द्विविधा पाल्नुनपर्ने जिकिर गरे । 

नेकपावृत्तमा सभामुख पद रिक्त भएसँगै नयाँ सभामुखको चर्चा पनि चुलिएको छ । पार्टी एकीकरणपूर्ण सभामुख माओवादी केन्द्रले पाएकाले अहिले पनि पूर्वमाओवादी केन्द्रले नै दाबी गरिरहेको छ ।

पूर्वसभामुख ओनसरी घर्ती, प्रमुख सचेतक देव गुरुङको चर्चा छ । माओवादी केन्द्रकी प्रवक्ता रहिसकेकी पम्फा भुसाललाई बनाउनु पर्ने पनि केहीको मत छ ।

पूर्वएमालेले राख्ने सहमति भएमा सुवास नेम्वाङ नै बन्ने सम्भावना पनि रहेको स्रोत बताउँछ । नेम्वाङ यसअघि पाँचपटक सभामुख बनिसकेका छन् ।

यो पनि पढ्नुस्

सभामुख नेकपाले नै पुनः पाउन सक्छ

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro