site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानको नेतृत्वलाई अवसरभन्दा चुनौती धेरै 
SkywellSkywell

काठमाडौं । साढे तीन वर्षदेखि आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पाएको छ । नयाँ नेतृत्वसँगै लामो समयदेखिको निलम्बन फुकुवा हुने सम्भावना छ । 
यसै साता सम्पन्न निर्वाचनमा पूर्वअध्यक्ष विजयराज पाण्डेलाई पराजित गर्दै चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भए । यसअघि उनी २०७२ सालमा अध्यक्षमा निर्वाचित भएको चार महिना नबित्दै आईसीसीले राजनीती हाबी भएको भन्दै नेपाललाई निलम्बन गरेको थियो । 

आफ्नै पालाामा निलम्बनको पीडा र फुकुवाका लागि अवसर पाएका क्यानका नवनिर्वाचित अध्यक्ष चन्द आगामी चार वर्षका लागि उत्साहित छन् । उनको चुनावी एजेन्डा नै निलम्बन फुकुवा गराउने रहेको थियो ।
क्यानको निलम्बन पछि थाती रहेका कामकारबाही अगाडि बढाउनु पर्ने चुनौतीमा रहेका चन्द क्रिकेटमा ‘सिस्टम’ बसाल्ने बताउँछन् । 

चन्दको पूरै प्यानल विजय भएसँगै नयाँ नेतृत्वले कसरी नेपाली क्रिकेटलाई अगाडि लैजाला भन्ने क्रिकेट समर्थक र सरोकारवालामा चासो छ । अर्काे विषय नेपाली खेलाडी छनोट, चलिरहेका घरेलु लिग, नेपाली क्रिकेटमा बढ्दो राजनीति, नयाँ क्रिकेट स्टेडियम निमार्णमा  नयाँ नेतृत्वको भूमिका के भन्ने पनि छ ? तर, यी सबै विषयवस्तुलाई सहज ढंगले अगाडि लैजाने क्यानका अध्यक्ष चन्दको दाबी छ । साथै उनी चुनावमा पराजित पक्षसँग परामर्श गरी अघि बड्ने बताउँछन् ।  

KFC Island Ad
NIC Asia

“चुनाव जितेपछि मेरो मुख्य एजेण्डा भनेको आईसीसीको निलम्बन फुकुवा गर्ने हो । हामीले आईसीसीको रोडम्याप अनुसार नै काम गरेका छौँ । आशा छ निलम्बन फुकुवा हुनेछ । त्यसपछिका मेरा नयाँ योजनाहरुले सार्थकता पाउनेछन् । चुनावपछि पराजित पक्षले पनि मलाई सहयोग गर्ने वाचा गरेको छ । त्यसकारण पनि हाम्रो नेतृत्वलाई सहज छ,” चन्दले भने । 

यसअघि २०७२ सालमा आईसीसीले क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । उक्त समयमा पनि चन्द नेतृत्वमा थिए । त्यो समयमा क्यानको चुनावमा कुनै खाले राजनीति नभएको र सरकारी हस्तक्षेप देखाउँदै आईसीसीले निलम्बन गरेको चन्द बताउँछन् । “क्यानको चुनावअघि जो जुन पार्टी वा राजनीतिसँग जोडिएको भए पनि नेतृत्वमा आएपछि सबै क्यानको मात्र हुन्छ । हामी क्यानका मान्छे हौँ, नेपाली क्रिकेटको विकासको लागि आएका हौँ । कुनै राजनीतिक विषयवस्तु हाम्रो लागि चासोको विषय होइन । क्यानमा पनि कुनै खाले राजनीतिक विषय जोडिने छैन,” चन्दले भने । 

Royal Enfield Island Ad

क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार नरहेको बताएका उनले खेलाडी छनोटको आधार तय गर्ने बताएका छन् । राष्ट्रिय क्रिकेट टोलीसँगै एउटा ब्याकप टोली पनि बनाउने उनको जिकिर छ । 

“निलम्बनपछि खेलाडी छनोटको केही आधार नै छैन । मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ । अब व्यवस्थित ढंगले खेलाडी छनोट गर्छाैँ । त्यसो गर्दा सबै खेलाडीले टिममा स्थान बनाउनेछन् । हामीले राष्ट्रिय टोली र यू–२३ को लागि ४० जना जति खेलाडी तयार पार्ने योजना बनाएका छौँ । जसले राष्ट्रिय टोलीमा खेलाडीको कमी भएपछि यू–२३ ले स्थान बनाउने छन्,” चन्दले भने ।  

क्यानको नयाँ नेतृत्वले नेपालमा चल्ने घरेलु लिगहरु पनि नीतिगत रुपमा सञ्चालनमा ल्याउने बताएका छन् । साथै उनले हाल जुन लिगहरु जस्तो तरिकाले सञ्चालन भएपनि क्यानको निलम्बन फुकुवा भएसँगै उनीहरुले क्यानको विधान अनुसार लिगहरु सञ्चालनमा ल्याउने बताए । 

उनले भने,“क्यानको निलम्बनको समयमा धेरै क्रिकेट लिगहरु सञ्चालनमा आएका छन् । लिगहरुले मनोमानी ढंगले पुरस्कार रकम पनि दिन थालेका छन् । यो सबै कुरा हुनु हुँदैन भन्ने छैन तर यो सबै प्रकृयागत रुपमा जावस र क्यानको नियम बमोजिम सञ्चालन हुन्छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro