site stats
बाह्रखरी :: Baahrakhari
खेल
यूईएफए नेसन्स लिगमा फ्रान्स‌ तेस्रो

काठमाडौं । फ्रान्स‌ यूईएफए नेसन्स लिगमा तेस्रो भएको छ । आइतबार फ्रान्सले जर्मनीविरुद्ध २–० को सहज जित निकाल्दै लिगमा तेस्रो स्थान सुरक्षित गरेको हो ।

फ्रान्सको घरेलु मैदान एमएचपी एरिना रंगशालामा जित दिलाउन केलियन एम्बाप्पे र माइकल ओलिसले समान एक गोल गरे । 

Argakhachi Cement Island Ad

खेलको ४५औँ मिनेटमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ८४औँ मिनेटमा टोलीका रायान चेर्कीको स्थानमा मैदान प्रवेश गरेका माइकलले अग्रतालाई दोब्बर बनाउँदै जित सुनिश्चित गरे । 

यसअघि सेमिफाइनलमा फ्रान्सले स्पेनसँग ५–४ र जर्मनी पोर्चुगलसँग २–१ को हार बेहोरेपछि तेस्रो स्थानका निम्ति प्रतिस्पर्धा गरेका हुन् । 

यससँगै यूईएफए नेसन्स लिगको फाइनलमा आइतबारै साविक विजेता स्पेनसामु पोर्चुगलले चुनौती प्रस्तुत गर्दै छ । जर्मनीको एलियन्ज रंगशालामा यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको साविक विजेता स्पेनले सन् २०२३ मा उपाधि जितेको थियो । स्पेनले त्यसअघि २०२१ मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो । पोर्चुगल भने सन् २०१९ को नेसन्स लिग च्याम्पियन टोली हो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्