site stats
बाह्रखरी :: Baahrakhari
खेल
रोनाल्डोले क्लब विश्वकप नखेल्ने

काठमाडौं । पोर्चुगल तथा साउदी प्रो लिग क्लब अल नसारका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले क्लब विश्वकप खेल्ने योजना नबनाएको बताएका छन् । 

शनिबार रोनाल्डोले सञ्चारकर्मीहरूसँग आगामी अनुबन्ध र क्लब विश्वकपको बारेमा प्रतिकृया दिँदै क्लब विश्वकप खेल्ने योजना नबनाएको बताएका हुन् ।

Argakhachi Cement Island Ad

“अन्य क्लबमा अनुबन्धित भएर क्लब विश्वकप खेल्नु असान्दर्भिक हो । अहिले राष्ट्रिय टोलीको कुराबाहेक अरु कुरामा ध्यान दिनु राम्रो हुँदैन । मलाई थुप्रै क्लबहरूले सम्पर्क गरेका छन्,” रोनाल्डोले प्रतिकृया गर्दै भने, “तपाई सबै क्लबमा जान सक्नुहुन्न । तपाईले क्रमश : क्षणिक, मध्यम र लामो समयको लागि सोच्नुपर्छ । मैले व्यवहारिक पक्षबाट क्लब विश्वकपमा सहभागी हुने सोचेको छैन । तर मलाई थुप्रै क्लबबाट अफर आएको छ ।”

विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियान्नी इन्फान्टिनोले क्लब विश्वकपमा रोनाल्डोसँग उनको उपस्थितिका बारेमा वार्ता जारी रहेको बताएपछि चर्चा सुरु भएको थियो ।

साउदी प्रो लिग अल नसारका स्पोर्टिङ निर्देशक फर्नान्डो हाइरोले गत महिना उनीसँग सम्झौता नवीकरण गर्न कुरा भइरहेको पनि बताएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्