site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाई काटेको आरोपमा चितवनबाट तीनजना पक्राउ

चितवन । चितवनमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार पूर्वी चितवनको कालिका नगरपालिकामा वडा नम्वर ३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा मंगलबार बिहान गाई काट्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो । तीमध्ये अन्य दुईजना भने फरार रहेका छन् । 

पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीया निरमायाँ तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई मंगलबार दिउँसो निरमायाँको घर अगाडि आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

सोही क्रममा फरार रहेका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro