site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बन्दनाको कीर्तिमानी लत  
SkywellSkywell

काठमाडौं । आकांक्षा पलायो, उनले आँटिन् । चित्त नबुझ्नेले हतोत्साही गर्ने प्रयास गरे । तर उनले हारिनन् । अन्ततः सपना साकार भयो । कीर्तिमान कायम भयो । संसारकै लामो नृत्यको । गिनिज वुक अफ दि वर्ल्र्ड रेकर्डस्मा नाम लेखियो । सपनाहरु कहाँ स्थिर हुँदारहेछन् र ? आकांक्षाहरु कहाँ सीमित हुँदारहेछन् र ? पत्रैपत्रको सयपत्री फूल जस्तै एउटा उप्किए पनि अर्को आउने । 

सबैभन्दा लामो नृत्यको इतिहास रचिन् बन्दना नेपालले । रहर फेरि झाँगियो । नयाँ कीर्तिमानको तयारीमा छिन् उनी । सबैभन्दा लामो समय माटोको घैंटामाथि नाचेर विश्व कीर्तिमान बनाउने योजनामा छिन् बन्दना । आत्मविश्वास सबैभन्दा ठूलो कुरा मान्ने बन्दना नयाँ रेकर्डका लागि हार नमान्ने बताउँछिन् । उनलाई थाहा छ पहिलो रेकर्ड पनि सजिलै बनेको होइन । खुट्टा दुखे । सुन्निए । तर पनि हार नमानी उनले आफूलाई आफ्नो उद्देश्यमा हिँडाइरहिन् । त्यही मेहनत दोहोर्याउँदै नयाँ इतिहासको खोजीमा छिन् उनी । 

केही वर्षअघि बन्दना भारतमा नृत्य सिक्न गइन् । उनको लक्ष्य नृत्य सिक्नु मात्रै थिएन । नृत्यसँगै त्यसैमा विश्व कीर्तिमान बनाउने पनि थियो । सानैबाट नृत्यमा देशलाई विश्वमा चिनाउने लक्ष्य थियो । अन्ततः मिल्यो पनि । ०५८ सालमा काठमाडौंमा जन्मिएकी बन्दनाले २०७५ मंसिर ७ गतेबाट १२ गतेसम्म लगातार १२६ घण्टा नृत्य गर्दै विश्व कीर्तिमान राखिन् । 

KFC Island Ad
NIC Asia

पाँच वर्षको उमेरबाटै नृत्यमा रुचि राख्ने बन्दनालाई सुरुआतमा विश्व कीर्तिमान नै राख्छु भन्ने लागेको थिएन । सामान्यतया १ घण्टा नाच्दा पनि थाकेको महसुश गर्ने उनलाई त्यो समय भने थकाइले असर गरेन । कारण उनलाई देशको लागि केही गर्ने जोस चलेको थियो । १२६ घण्टामा उनले लगातार चार घण्टा नाचेपछि पाँच मिनेट आराम गर्ने समय मिल्थो । 

“पाँच वर्षको उमेरदेखि नाच्न सुरु गरेको थिएँ । त्यो समय नै नृत्यबाट देशको लागि केही गरेर देखाउँछु भन्ने लागेको थियो । मात्र कुन विधामा भन्ने तयारी गरेको थिइन । पछि धेरै लामो समय नाचेर नै विश्व कीर्तिमान राख्न सकिन्छ भन्ने थाहा पाएँ, अनि त्यसैका लागि तयारी गर्न थालेँ,” बन्दनाले भनिन् । 

Royal Enfield Island Ad

बन्दनालाई नृत्यबाट नै विश्व कीर्तिमान राख्न सकिन्छ भन्ने कुरा उनका बुबाले जानकारी गराएका थिए । पारिवारिक प्रेरणाले नै नृत्यमा अब्बल बन्न सहयोग पाएकी बन्दनाले भारतमा गएर तयारी गर्न थालिन् । विषेश कक्षाका लागि भारतमा गएकी उनलाई कुन विधामा कस्तो प्रकारको नृत्यमा विश्व कीर्तिमान राख्न सकिन्छ भन्ने जानकारी भयो । धरै लामो समयसम्म नाचेर विश्व कीर्तिमान राखेको जानकारी पाएपछि उनलाई त्यसैमा चासो भयो । 

“भारतमा नृत्यको नयाँ फर्म र अन्य विधाहरु सिक्न गएको थिएँ । विश्व कीर्तिमान राख्ने विषयमा पनि जानकारी लिनु थियो । भारतकै एकजना महिला डान्सरले १२३ घण्टा नाचेर विश्व कीर्तिमान राखेको थाहा पाएँ । उनले भारतको कला र संस्कृति चिनाउने खालको गीतहरुमा नाचेकी थिइन् । मलाई पनि देशको कला, संस्कृति र पुराना लोक भाकाहरुलाई पहिचानमा ल्याउन विश्व रेकर्ड राख्ने तयारी गरेँ,” बन्दनाले भनिन् । 

पूर्व देखि पश्चिमसम्मका लोक भाका, झ्याउरे भाकाको पहिचान घट्दै गएकोमा बन्दनालाई पनि समयसमयमा चिन्ता लाग्थ्यो । उनले रेकर्ड राख्नु पूर्व पनि नेपाली लोक भाका र संस्कृतिलाई पहिचानमा ल्याउन लोक भाकामा नै नृत्य गर्ने गर्थिन् । उनको विश्व कीर्तिमान राख्नु पछिको मुख्य लक्ष्य पनि नेपाली लोक भाका र लोक संस्कृतिलाई जोगाई राख्ने र पहिचानमा ल्याउने पनि थियो । त्यसैले उनले १२६ घण्टा नाचेर कीर्तिमान बनाउने योजना बनाइन् ।

“सुरुआतमा मैले १२४ घण्टाको रेकर्ड बनाउँछु भन्ने लागेको थियो । त्यसै अनुसार तयारी गरेकी थिएँ । त्यसपछि एक मनमा लाग्यो– १०० घण्टा सम्म लगातार नाच्न सकेँ भने १२६ घण्टा कसो नसकौँला भन्ने लाग्यो । भित्री मनमा एक प्रकारको डर पनि लागेको थियो । कतै मैले बीचमा नै छाड्नुपर्यो भने के होला ? पछि पत्रकार सम्मेलन गरेर रेकर्ड राख्छु भनिसकेपछि केही समय तयारीमा जुटेँ अनि सबैबाट हौसला आयो । अनि मैले सक्छु भन्ने पनि लाग्यो,” बन्दनाले भनिन् । 

विश्व कीर्तिमान राख्ने लक्ष्यमा गएकी उनले करिब पाँच दिनसम्म नेपाली लोक गीत तथा अन्य गीतहरुमा नाच्दै १२६ घण्टाको विश्व कीर्तिमान राख्न सफल भइन् । बन्दनालाई बीचमा कीर्तिमानी लत छोड्न अनुरोघ नआएको भने होइन । तर, उनले हार भने मानिनन् । उनका बुबाले चौथो दिन ब्रेकको समयमा नृत्य गर्न छोड्न आग्रह पनि गरेका थिए ।

“रेकर्ड राख्ने सुरमा हिडेको थिएँ । प्रत्येक एक घण्टामा पाँच मिनेटको ब्रेक पनि हुन्थ्यो । त्यो समयमा धेरै पटक बेहोस पनि भएँ । साथीहरुले पानी छर्केर उठाए । चौथो दिनमा ब्रेकको समयमा डाक्टर आएर नृत्य नगर्न भनेका थिए रे । मलाई त्यो पनि जानकारी थिएन । म देशका लागि नयाँ रेकर्ड राख्छु भन्ने सोचमा नाचेकी थिएँ । अन्ततः मेरो चाहना सफल भयो,” बन्दनाले भनिन् । 

बन्दनासँग अब अन्य तीन विधाका कीर्तिमानहरु बाँकी छन् । उनले केही दिनमै नयाँ कीर्तिमानको बारेमा जानकारी दिने बताएकी छन् । उक्त कीर्तिमानमा पनि देशको पहिचानलाई झल्काउने उनको योजना छ । बाँकी अन्य कीर्तिमानमा पनि देशको पहिचानलाई विश्व सामु चिनाउने बन्दनाको योजना छ । त्यसैका तयारी उनले अहिले गरिरहेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro