site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गोकुलको ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक

काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । 

नेपाल स्रष्टा समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लेखक व्याकुल, साहित्यकारहरू पवन आलोकलगायतले कृति सार्वजनिक गरे । 

Argakhachi Cement Island Ad

कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिकार व्याकुलको परिचय दिँदै उनी मूलतः कवि भएको बताए । उनले २०७२ वैशाख १२ मा भोगेको त्रासद्पूर्ण भूकम्पलाई आफ्नो कृतिमा उतारेको बताए । 

मिर्गौलाको बिरामी हुँदा पनि कृतिकारमा देखिएको उर्जाले यो पुस्तक पाठक माझ आएको उनले बताए । 

प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै भूकम्पसँग जोडिएका अनेक रचना यसभित्र रहेको उल्लेख गरे । कृतिमा कुल ४१ वटा रचनाहरू समावेश भएको बताउँदै डा. कार्कीले भूकम्पको कथा व्यथा यसमा भेटिने बताए ।

कृतिकार गोकुल व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गरे ।

स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकले कृतिकार र आफू अरुण नदी वारिपारिको भएको चर्चा गर्दै उनीसँग विराटनगरमा परिचित भएको बताए । साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ०७२ सालको भूकम्पको प्रसंग उठाउँदै त्यसबेला सडक सडकमा पुगेर रात बिताउनेहरूले आज भूकम्प बिर्सिसकेको बताउँदै लेखक गोकुल व्याकुलले तिनै सन्दर्भको दस्तावेजीकरण गरेको बताए ।

पुस्तक कृतिकारकी पत्नी सूर्यकुमारी भण्डारीले प्रकाशनमा ल्याएकी हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २३:१८
प्रतिक्रिया दिनुहोस्