site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को होला टि–ट्वान्टी सिरिजमा पारसको ‘ओपनिङ पार्टनर’ ?

काठमाडौं । व्यक्तिगत कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुन लागेको टि–ट्वान्टी सिरिज नखेल्ने बताएका छन् ।  ज्ञानेन्द्र राष्ट्रिय टोलीका ओपनर व्याट्सम्यानसँगै भरपर्दा खेलाडीसमेत हुन । लामो समयदेखि नेपाली टोलीको ओपनिङ गर्दै आएका ज्ञानेन्द्रको अनुपस्थितिमा उनको स्थानमा कसले ओपनिङ गर्ला भन्ने चासो क्रिकेट समर्थकमा छ । 

असोज १८ देखि २३ सम्म हुने टि–ट्वान्टी सिरिजमा ओमानसँगै नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छन् । पाँच टोली सहभागी भएको सिरिज नेपालले पहिलोपटक खेल्न लागेको छ ।  टि–ट्वान्टी क्रिकेटमा आयरल्याण्ड, नेदरल्याण्ड, हङकङ राम्रा टोली मानिन्छन् । जुन नेपाली क्रिकेटका लागि सकारात्मक संकेत हो । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ ।

नेपाली टोलीको सबैभन्दा ठूलो समस्या हो ब्याटिङ् ।  तर पछिल्लो समयमा टि–ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरको एसिया फाइनलमा नेपाली बलिङ् पनि कमजोर बन्यो । नेपालका विभिन्न समयमा कयौं खेलाडीलाई ओपनिङका लागि मैदानमा उतारेको छ । 
तर कसैले पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् । 

त्यसैले पछिल्लो समय कप्तान पारस आफैँले इनिङको सुरुवात गर्छन् भने उनलाई ज्ञानेन्द्र मल्लले साथ दिँदै आएका छन् । ज्ञानेन्द्र प्रतियोगितामा सहभागी नहुने भएपछि उनको स्थानमा सम्भावित तीन खेलाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । ज्ञानेन्द्रको ठाँउमा ओपनरमा आउने सम्भावित तीन खेलाडी हुन् प्रदीप ऐरी, पवन सर्राफ र विनोद भण्डारी । 

१) प्रदीप ऐरी 

ज्ञानेन्द्रको अनुपस्थितिमा ओपनिङको पहिलो रोजाइमा पर्न सक्छन् प्रदीप ऐरी । आक्रामक व्याटिङ् शैलीले चिनिने प्रदीपको अन्तर्राष्ट्रिय प्रदर्शन भने सम्झनलायक छैन । लामो समयपछि उनले राष्ट्रिय टोलीमा घरेलु लिगमा गरेको प्रदर्शनका कारण स्थान बनाए । प्रदीप यसअघि यूएईविरुद्ध नेपालले खेलेको तीन खेलको सिरिजमा ओपनरको भूमिकामा देखिएका थिए । 

उनले यूएईविरुद्धको पहिलो र दोस्रो खेलमा ओपनरको भूमिका निर्वाह गरे । जसमा उनी पहिलो खेलमा पहिलो बलमा नै आउट भए भने दोस्रो खेलमा ८ बल खेल्दै ८ रन बनाए ।  त्यस्तै प्रदीप १३ जुलाई २०१९ मा भएको मलेसियाविरुद्धको खेलमा भएको सिरिजमा पनि ओपनिङ गर्न आए । जहाँ उनले १७ बल खेल्दै ८ रन बनाए । 
प्रदीपले मलेसियाविरुद्ध भएको आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको खेलमा पनि ओपनरको भूमिका निभाए । उक्त खेलमा भने प्रदीपले १४ बलमा १२ रन बनाएका थिए । 

यसरी प्रदीपको प्रदर्शन उत्कृष्ट नभए पनि नेपालको ओपनरमा जम्ने सम्भावित खेलाडीमध्येका उनी एक हुन् । घरेलु प्रतियोगितामा प्रदीप चर्चित नाम हो । उनी ब्याटिङ् सँगै बलिङ गर्ने क्षमता पनि राख्छन् । 

२) पवन सर्राफ 

पवन सर्राफ नेपाली यू–१९ क्रिकेट टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी हुन् । उनले सन् २०१९ जनवरी २५ मा भएको यूएईविरुद्धको एकदिवसीय सिरिजबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् ।  पहिलो खेलमा सातौँ नम्बरमा ब्याटिङ् गर्न आएका उनी धेरै चल्न भने सकेनन् । उनले ३ बलमा मात्र ४ रन बनाए । यूएईविरुद्धको दोस्रो खेलमा भने उनी पाँचौ नम्बरमा नेपालका लागि ब्याटिङ् गर्न आएका थिए । उनले दोस्रो खेलमा भने १५ बल खेल्दै ८ रन बनाए । 

पवनले यूएईविरुद्धको टि–ट्वान्टी सिरिजको तेस्रो खेलमा भने ओपनरमा आए । उनले उक्त खेलमा ४ बल खेलेर रन बनाउन भने सकेनन् ।  उनले दोस्रो खेलमा सातौँ नम्बरमा आएर २५ बल खेल्दै १८ रन बनाए । जुलाई १४ मा भएको मलेसियाविरुद्धको सिरिजमा पनि ओपनरमा आएका पवनले ११ बल खेल्दै १० रन बनाए । 
पवनले मौका पाएको अवस्थामा त्यसलाई कसरी सदुपयोग गर्छन् त्यसले नै उनको क्रिकेटमा भविष्य निर्धारण गर्नेछ । 

३) विनोद भण्डारी 

विनोद भण्डारी नेपाली क्रिकेटको परिचित नाम हो । आक्रामक शैलीमा ब्याटिङ् गर्न रुचाउने विनोद राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान हुन् । 

लामो सट प्रहार गर्न उनी माहिर मानिन्छन् । तर अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनिङको भूमिका उनले पनि निभाइसकेका छन् । हाल राष्ट्रिय टोलीका लागि फिनिसरको भूमिका निर्वाह गर्छन् । तर घरेलु लिगमा भने विनोदले विभिन्न फ्रेन्चाइजका लागि ओपनिङ गर्दै र सफल पनि हुँदै आएका छन् । 

त्यसो त अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी ओपनरभन्दा मिडिल अडरमा धेरै चलेका छन् । विनोदले जुलाई १४ मा भएको मलेसियाविरुद्धको टि–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त खेलामा विनोद छैटौं नम्बरमा ब्याटिङ गर्न गएका थिए । विनोदले २५ बलमा ५१ रन बनाउँदै र्कीतिमानी अर्धशतक बनाएका थिए । 

त्यसपछि भएका विश्वकप छनोटको एसिया फाइनलमा भने उनी चम्कन सकेनन् । उनले कतारविरुद्ध ७ बल खेल्दै ३ रन, मलेसियाविरुद्ध ८ बल खेल्दै १३ रन र सिंगापुरविरुद्ध ७ बल खेल्दै ९ रन बनाए ।  यसअघि नेपालले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनलाई ओपनरको भूमिकामा देखिन्थ्यो । ओमानमा हुने पाँच देशबीचको सिरिजमा पनि उनलाई ओपनरको भूमिकामा देख्न सक्ने सम्भावना छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro