site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपामा रोकिएला नेताविरुद्ध विष–वमन ?
SkywellSkywell

“किन छाड्ने केपी ओलीले ?

–राष्ट्रियताको रक्षा, राष्ट्रिय एकताको संरक्षण
गरेकाले ।

–तेस्रो स्थानको पार्टीलाई पहिलो बनाएकाले ।

KFC Island Ad
NIC Asia

–राष्ट्रिय राजनीतिमा स्थिर सोच र भूमिका सुस्पष्ट पारेकाले ।

–२००६ सालयताकै ऐतिहासिक कम्युनिष्ट एकता गरेकाले ।

Royal Enfield Island Ad

–जनताका मूर्छित सपनालाई ब्युँझाएकाले ।

–जनताले ओलीलाई पाँच वर्षको म्यान्डेट दिएकाले ।

पार्टीको अध्यक्ष महाधिवेशनले बनाएको हो । त्यसकारण ओलीले न त अध्यक्ष, न त प्रधानमन्त्री नै छाड्छन् । जनमत, र महाधिवेशनको म्यान्डेड केपी ओलीलाई नै छ ।”

गएको साता प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले लेखेको सामाजिक सञ्जालमा लेखेको यो स्ट्याटस निकै चर्चित रह्यो ।

त्यसो त नेता गौतमले ‘एक व्यक्ति एक पदः बहुकेन्द्र निर्माण र अस्थिरताको जड’ भनेर पुरक स्ट्याटससमेत लेखेका थिए ।

यही स्ट्याटसलाई आधार बनाएर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको बैठकमा गौतमलाई अनुशासनको कारबाहीको माग गरे ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘तपाईंले पनि त बुधबार साप्ताहिकमा मेराविरुद्ध केके लेखाउनुभएको छ नि’ भनेर कड्किएपछि कार्यविभाजन गर्न बसेको पार्टी सचिवालयको बैठक तिक्ततामा परिणत भयो । शीर्ष नेताबीचको भनाभनमै बैठक टुङ्गियो ।

पार्टीभित्रको असन्तुष्टि, वैचारिक अन्तरसङ्घर्ष भनाभन, वादविवाद र तिक्ततामा परिणत हुन थालेपछि नेकपामा अब उप्रान्त नेताहरूको सार्वजनिक आलोचना गर्न नपाइने भएको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले पहिलोपल्ट अध्यक्षता गरेको सचिवालयको बैठकले नेताहरूविरुद्ध पार्टीका आधिकारिक बैठकबाहिर रोष, असन्तुष्टि, आलोचना, प्रतिशोध प्रकट गर्न ‘बन्देज’ लगाएको हो ।
त्यसो त प्रचण्डले गत शुक्रबार प्रचण्डले पार्टीभित्र अनुशासन खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए  । “हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौं,” प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।”

पार्टीभित्र हुर्कंदो अनुशासनहीन मनोवृत्ति थप झाँगिन नपाओस् भनेर पार्टी अध्यक्ष प्रचण्डको भनाइको मर्मअनुरूप नै नेकपा सचिवालयले नेता–कार्यकर्ताको अभिव्यक्तिमा लगाम लगाएको छ ।

“सचिवालय बैठकले पार्टीभित्र कुनै पनि नेताका बारेमा कुनै पनि नेताले आफूलाई लागेको कुरा विधिसम्मत ढंगले उठाउनुपर्नेछ, बैठकमा मात्रै कुरा उठाउनुपर्नेछ । सार्वजनिक रूपमा राखे स्पष्टीकरणको प्रक्रिया अघि बढाउँदै अन्य कारवाहीसमेतको विषय बनाइनेछ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग भने ।

सोमबारको सचिवालयको निर्णयानुसार कुनै पनि नेताका विरुद्ध कुनै पनि नेताले सामाजिक सञ्जाल या सार्वजनिक मञ्चमा अभिव्यक्ति दिन पाउने छैनन् । कदाचित् दिए स्पष्टीकरण मागदेखि निलम्बन र सदस्यता खारेजीसम्मको प्रक्रिया अघि बढाइने नेकपाले प्रष्ट्याएको छ ।

नेताविरुद्ध विष वमनका शृङ्खला

पार्टीका नीति, निर्णय र नेताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने कामको थालनी दुईपटक महासचिव भइसकेका र एकता प्रक्रियापछि सचिवालयको महत्त्वपूर्ण जिम्मेवारी पाएका ईश्वर पोखरेलबाटै शुरूआत भएको हो । नेता पोखरेलले एकता प्रक्रियाबारेमा शुरूदेखि नै विमति राख्दै आएका छन् ।

उनको रोष महासचिव पद खोसिएको प्रतिमात्रै लक्षित थिएन । वैचारिक कार्यदिशा र नीति–सिद्धान्तसँग नवगठित नेकपाको सङ्गती नमिलेको उनको आरोप थियो ।

त्यसैले उनले विभिन्न समयमा नेता र नीतिका विरुद्ध आलोचना गर्दै आएका थिए । अभिव्यक्तिको माध्यम बनेको थियो– फेसबुक ।

नेता पोखरेलको फेसबुकको भित्तो चहार्दा अझै पनि पार्टीको नीति र नेतृत्वप्रतिको असन्तुष्टि भेट्टाउन सकिन्छ ।

पोखरेलले पार्टीले अघि सारेको कार्यक्रमिक सिद्धान्त जनताको जनवादविरुद्ध राखेको धारणा हेरौँ ।

नेता पोखरेलले गत मे ३१, २०१९ मा सामाजिक सञ्जाल फेसबुकमा लेखे–

“विगतमा राजाको शासन भएका बेला ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको अवसरवादी विचार होइन वा कुनै धारलाई क्रमभंग गरिदिउँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन । यो गतिमै जन्म्यो, गतिमै विकसित हुँदै गतिमै अघि बढ्छ पनि । जडताकै विरोधमा यो अघि बढ्छ र बढ्दैजान्छ पनि । जनताको बहुदलीय जनवादले जनवादी राज्यसत्ताको लोकतान्त्रिकीकरण, आन्दोलनको लोकतान्त्रिकीकरण, पार्टीको लोकतान्त्रिकीकरण र समग्र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण सम्बन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ ।”
नेता पोखरेलको विरोध नीतिका विरुद्धमात्रै होइन, नेतृत्वविरुद्ध पनि परिलक्षित रह्यो । उनले फेब्रुअरी–९ मा लेखेको स्ट्याटस त्यसको प्रमाण हो । उनले लेखेका थिए– “कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन । ल्याइनै हुँदैन । अझ, सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पु¥याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।”

उनको त्यतिबेलाको स्ट्याटस पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति नै लक्षित थियो ।

नेकपाभित्रको अन्तरकलह र सामाजिक सञ्जालमा अभिव्यक्त रोष ईश्वर पोखरेलको स्ट्याटस उत्खनन् गरेरमात्रै पुग्दैन ।

सूर्य र थापा र रामप्रसाद सापकोटा ‘दीपशिखा’को जुहारीसम्मै आइपुग्नुपर्छ ।

पार्टी अध्यक्ष प्रचण्डविरुद्ध अनर्गल प्रचार र एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्षसमेत रहेका दीपशिखा र थापाबीच भनाभनको शृङ्खला चल्यो ।

गत साउन २४ गते अध्यक्ष प्रचण्डले पार्टीका नेता दीनानाथ शर्माको किताब विमोचन गर्दै ‘आफूले जीवनमा कसैलाई एक लबटो पनि नकुटेको र एक लबटो पनि नखाएको’ बताए ।

टिप्पणी गरिहाल्न रुचाउने थापा शान्त रहन सकेनन् । उनले सामाजिक सञ्जालमा लेखिहाले–

“आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो । जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो । म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै ! मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ । हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ ? विगतसँग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि ! आजको क्रान्तिकारी तरंग र मनोदशा !”

प्रचण्ड निकट नेता दीपशिखा क्रूद्ध भए । उनले थापालाई सामाजिक सञ्जालमै जवाफ फर्काए–

“सूर्यजी ! पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ । हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो । सुझाव– यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ !”

गालीलाई पेसा बनाएर राजनीति छाड्न सुझाव दिएलगत्तै थापाले पुनः आक्रोश व्यक्त गरे,

“दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हाँस्नु ! यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !”

सोमबारको सचिवालयको निर्णयअनुसार नेताविरूद्धका यसप्रकारको छेडखानी, आक्रोश अब कारवाहीको विषय बन्ने भएको छ ।

पार्टीभित्र नियामक निकाय सक्रिय नहुँदा अनुशासनहीनता मौलाएको नेकपाका नेता मणि थापा बताउँछन् । पार्टीभित्र अनुशासन आयोग गठन नहुँदा नियमन र दण्डित गर्न नसकिएको उनको तर्क छ ।

तर, कम्युनिस्ट नेता–कार्यकर्ता प्रगतिशील आचरण र पार्टीको अनुशासनमा बाँधिनुपर्ने हुनाले स्वनियमन आवश्यक रहेकोमा उनको जोड छ । सोमबारको पार्टी सचिवालय निर्णय र अनुशासन आयोगले आकार ग्रहण गर्नेबित्तिकै पार्टीभित्र नियमन र अनुशासन कायम हुने थापाको विश्वास छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro