site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनका ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन, पाँचजना पक्राउ

चितवन । चितवनको भरतपुरका विभिन्न ठाउँमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गका विभिन्न क्षेत्र, चितवन मेडिकल कलेज, रिजाल चोक, हाकिम चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेको छ । 

प्रदर्शनकारीहरुले एउटा ट्राफिक आइल्यान्डमासमेत आगजनी गरेको छ । प्रहरीले पाँचजना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए । 

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति एक सूचना जारी गरेर सोमबार बिहान छ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । अहिले प्रदर्शनकारीले निषेधित क्षेत्रभन्दा एक-डेढ किलोमिटरको दूरीसम्म प्रदर्शन भइरहेको छ । उनीहरुले रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् । 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको थुनछेक चलिरहेको छ । तीनैजनालाई साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो । 

पुडासैनी साउन २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro