site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खनालभन्दा तल बस्न नेपालको शर्त- आफूनिकटका तीनजना उपाध्यक्ष थप्‍नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता झलनाथ खनाललाई वरीयतामा आफूभन्दा माथि राख्ने भए आफ्नो पक्षका तीनजना नेतालाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको जारी सचिवालय बैठकमा उनले यस्तो प्रस्ताव गरेको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार नेपालले अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । साथै नेपालले तीनैजना स्कुल विभाग प्रमुख ईश्वर पोखरेलभन्दा वरीयतामा माथि हुनुपर्ने अडान पनि राखेका छन् ।

यसअघिको बैठकमा खनालले आफू माधव नेपालभन्दा वरीयतामा माथि हुनुपर्ने अडान राखेपछि नेपालको यस्तो प्रस्ताव आएको हो । 

यसअघिको सचिवालय बैठकले बामदेव गौतमलाई उपाध्यक्षमा सिफारिस गरिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro