site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको सन्देश- पाँच वर्ष आफैँ सरकार चलाउँछु !
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकलाई झण्डै ४० मिनेट सम्बोधन गरे । 

गत आइतबार सिंगापुरमा उपचार गराएर फर्किए पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा चिन्ता छ । यद्यपि उनी भदौ पहिलो साता पुनः  फलोअपका लागि सिंगापुर जाने तयारी रहेको अपुष्ट खबर आइरहेका छन् ।

यसैले हुनुपर्छ, प्रमुख प्रतिपक्षी दलका सांसद मीनेन्द्र रिजालले संसद्मै भने– “सम्बोधनका क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त देखेर म यति खुसी भएँ, प्रश्न सोध्नै बिर्सिएँछु ।

KFC Island Ad
NIC Asia

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनमानसमा आशंका व्याप्त छ । तर आइतबारको सम्बोधनले प्रमुख प्रतिपक्षलगायत विपक्षी पार्टीको मात्र नभई, आम जनमानसमा रहेको भ्रम निवारण गरेको छ । प्रधानमन्त्री ओलीको आइतबारको सम्बोधनले त्यसलाई बल प्रदान गर्‍यो ।

त्यसका अतिरिक्त प्रधानमन्त्रीको सम्बोधनलाई अन्य कोणबाट पनि केलााउन सकिन्छ ।

Royal Enfield Island Ad

पाँच वर्ष मै प्रधानमन्त्री !

गत जेठ १५ गते सञ्चारमाध्यमसँगको कुराकानीमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बेला भएको आलोपालो सरकार चलाउने सहमतिको स्मरण गरेका थिए । त्यतिमात्र नभई प्रचण्डले अबको १५ महिनापछि ओली सत्ता हस्तान्तरणका लागि तयार रहनुपर्ने धारणा खुलस्त राखेका थिए ।

त्यसले उत्पन्न गराएको तरङ्ग अझै साम्य भइसकेको छैन । पार्टी एकताको झण्डै १५ महिना व्यतीत भइसक्दा पनि एकीकरणले पूर्णता नपाउनुलाई धेरैले यसैसँग जोडेर हेर्ने गरेका छन् ।

तर, आइतबारको सम्बोधनमार्फत् ओलीले एक्लै पाँच वर्ष सरकार चलाउने सन्देश प्रवाह गरे– “पद नगएको मान्छे कोही देखेको छैन । राजा, महाराजा, सम्राट, बादशाह, जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।”

प्रधानमन्त्रीको आइतबारको सम्बोधनले पार्टी एकताको पूर्वसन्ध्या अर्थात् २०७५ जेठ २ गतेको सहमतिको खण्डन गरेको छ । आगामी निर्वाचनसम्म वर्तमान सरकारलाई नै निरन्तरता दिने प्रधानमन्त्रीको सम्बोधनले प्रष्ट पार्छ ।

जबकि, सहमतिको चार नम्बर बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।

राजावादीप्रति गरम, विपक्षीप्रति नरम

केपी ओली प्रमुख प्रतिपक्षीप्रति बढी नै आक्रामक देखिन्छन् । चुनावअघिको स्वभाव सत्ता सम्हालेपछि पनि बदलाव आएको छैन । संसदको सम्बोधनमा पनि प्रतिविम्बित हुँदै आएको छ ।

तर, आइतबारको सम्बोधन प्रमुख प्रतिपक्षीप्रति नरम नै थियो । सम्बोधनको शुरूआतमा गत असार ३ गते बोल्नै नपाई रोष्ट्रमबाट फर्कनुपरेको पीडा विम्बित भए पनि प्रमुख प्रतिपक्षीप्रति कटाक्ष थिएन उनको भाषणमा । बरु राजावादीप्रति खनिए ।

“जुन संस्था र शक्तिका कुरा, जुन निकायका कुरा गर्छन् । ती शक्तिहरू जिउँदै हुँदा ठेगान लगाएका हौँ । अहिले चिहानमा गएर हड्डी फुकेर ती संस्था फर्काउँछौँ भनेर उफ्रिएको देखिन्छ । यो बेमौसमको बाजा नबजाए हुन्छ । सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधान, कानुन, व्यवस्थाको, प्रजातन्त्रको, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रन्छ,” उनले राजा फर्काउनुपर्छ भनेर सडकमा नारा लगाउने सबैलाई एकैमोठमा जवाफ दिए ।

शान्ति प्रक्रियाका बाँकी काम मेरै नेतृत्वमा पूरा हुन्छ

वर्तमान सरकारालाई बिझाइरहने मुद्दा शान्ति प्रक्रियाका बाँकी कामहरू पनि हुन् । यही थाती रहेका कामले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उत्तेजित पनि बनाउँछ बेलाबेला । 

गत साउन १३ गते आफ्नै निवास खुमलटारमा नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई भित्र्याउँदै उनले भनेका थिए– “हेग लगिए पनि मलाई केही फरक पर्ने छैन । हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु, संसारभरिका जनताले मलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्नेछन् । त्यो त मेरो लागि गौरवको कुरा हुन्छ । तर मलाई लाग्दैन, तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउँछन् भनेर ।” 

द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता छानबिन आयोग निस्क्रिय हुँदा युद्धका घाउहरू उकल्चिइरहेको थियो । त्यसबाट सबैभन्दा प्रताडित पूर्वमाओवादी केन्द्रका नेताहरु नै छन् । 

केपी ओलीले सम्बोधनका क्रममा दुवै आयोगलाई यसैसाता पूर्णता दिने बताएका छन् । “हामीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि प्रमुख आयुक्त, आयुक्तहरूको सिफारिस गर्न सिफारिस समिति निर्माण गरेका छौँ । समिति क्रियाशील छ । यसै हप्ताभित्र दुवै आयोग गठन हुनेछन् । सिफारिस आउनेबित्तिकै बिनाविलम्ब गठन गर्छौँ । र, हाम्रा प्रतिवद्धताअनुरूप नै समुचित ढंगले यस विषयको शीघ्रातिशीघ्र निरुपण गर्दछौँ । समाप्त भएको द्वन्द्वको घाउमा खाटा नबस्नु, घाउ चहर्‍याउनु वाञ्छनीय हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro