site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले एक वर्षमा साढे ३४ हजार सवारीका साधन कारबाहीबाट एक करोड ७५ लाख नौ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । एक वर्षमा साढे ३४ हजार सवारीका साधन कारबाहीमा पर्दा उक्त राजस्व संकलन भएको बताइएको छ ।

जिल्लामा २०७३ सालमा २८ हजार चार सय ७९ सवारीका साधन कारबाहीमा पर्दा एक करोड ७५ लाख नौ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो भने २०७४ सालमा बढेर ३२ हजार सात सय ९२ गाडी कारबाहीमा पर्दा एक करोड ९५ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

KFC Island Ad
NIC Asia

यसले दाङमा सवारी दुर्घटनासँगै कारबाही र राजस्व संकलनमा पनि वृद्धी भएको प्रस्‍ट्याउँछ । सबैभन्दा धेरै मोटरसाइकल चालक कारबाहीमा परेका छन् । १३ हजार ६ सय १७ मोटरसाइकल चालक कारबाहीमा पर्दा ८८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ ।

त्यसैगरी सात हजार दुई सय ३५ ट्रक कारबाहीमा पर्दा ४५ लाख ५० हजार पाँच सय, चार हजार दुई सय १८ ट्याक्टर कारबाहीमा पर्दा २५ लाख १० हजार, चार हजार ६ सय जीप चालक कारबाहीमा पर्दा २२ लाख ८० हजार, तीन हजार आठ सय ९४ बस कारबाहीमा पर्दा २२ लाख १६ हजार पाँच सय र एक हजार पाँच सय ४० टेम्पो कारबाहीमा पर्दा नौ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Royal Enfield Island Ad

बढ्दो सवारी साधन कारबाहीसँगै दुर्घटनामा मानवीय क्षति पनि बढेको छ । २०७३ सालमा एक सय ४० दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो । २०७४ सालमा एक सय ७१ सवारी साधन दुर्घटनामा ७९ जनाको मृत्यु भएको थियो भने २०७५ सालमा एक सय ८४ दुर्घटना हुँदा एकसय चारजनाको मृत्यु भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro