site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्कुल विभागमा पूर्वमाओवादी एकमत, एमाले विभाजित
SkywellSkywell

काठमाडौं । स्कुल विभागमा दाबेदारी थुप्रिँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियामा नयाँ खालको उल्झन देखा परेको छ । नेकपाका केही नेताले यसलाई पार्टीको संकटपूर्ण अवस्थाका रूपमा समेत चित्रण गरेका छन् ।

पार्टी स्कुल विभागमा सचिवालय र स्थायी कमिटीका नेताहरूले दाबेदारी प्रस्तुत गरिरहँदा नेकपाका पाका नेता प्रदीप नेपालले भने बेदुराम भुसालको नाम सुझाएका छन् ।

त्यसो त भुसाल आफैँले पनि स्कुल विभाग दाबी गर्दै आएका छन् । जनताको बहुदलीय जनवादको ऐतिहासिकतामाथि विद्यावारिधि गरेका नेता भुसालले कम्युनिस्ट पार्टीको सदस्य हुन पार्टी स्कुल विभागको परीक्षा उत्तीर्ण हुनैपर्ने बताउँदै आएका छन् ।

KFC Island Ad
NIC Asia

तत्कालीन एमालेका पोलिट्ब्युरो सदस्य रहेका नेपालले पनि भुसालकै नाममा सहमति जुटाउनुपर्ने तर्क अघि सारेका छन् ।

“नेकपाका नेता कमरेडहरू ! कम्तिमा साथीहरूको योग्यता त हेर्नुहोस्, बेदुराम भुसालले स्कुल विभाग चलाउँदा त्रुटि देख्नुभएको भए नाम हटाउनुस्, होइन भने स्कुल विभागको जिम्मा खुरुक्क उहाँलाई दिनूस्,” नेपालको तर्क छ ।

Royal Enfield Island Ad

स्कुल विभागमा महाभारत चर्किएको छैन

स्कुल विभागमा दाबेदारी प्रस्तुत गरिरहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूसँग नेतृत्वले कुरा नगरेकाले यसबारे धारणा राख्नु अनुपयुक्त हुने बताएका छन् । “स्कुल विभागको बारेमा अध्यक्ष केपी ओलीले केही भन्नुभएको छैन, अर्का अध्यक्ष पुष्पकमल दाहालले ‘तपाईंलाई प्रस्ताव गरेका छौँ’ भन्नुभएको थियो,” उनले बाह्रखरीसँग भने ।

उनले स्कुल विभागमा महाभारतै चर्काउनुपर्ने केही नभएको बताउँदै नेतृत्वले सहज ढंगले टुंग्याउने विश्वास व्यक्त गरे ।

‘म हुँदा पनि हुन्छ, पर्सिसम्ममा टुंगो लाग्छ’

यता पार्टी प्रमुख र प्रधानमन्त्रीसमेत भइसकेका नेकपाका चौथो वरीयताका नेता झलनाथ खनालले पर्सिसम्ममा यसको टुंगो लाग्ने जानकारी दिए । “हामी छलफलमा छौँ । उपयुक्त ढंगले जिम्मेवारी बाँडफाँट हुन्छ । पर्सिसम्म टुंगो लाग्छ,” उनको भनाइ थियो ।

स्कुल विभागमा तपाईंको पनि दाबेदारी छ र ? भन्ने जिज्ञासामा खनालले बाह्रखरीसँग भने, “म हुँदा पनि हुन्छ । हामी छलफलमै छौँ । टुंगो लागिसकेको छैन । त्यति धेरै विवाद छैन ।”

माओवादी एकमत, एमाले विभाजित

स्कुल विभागको जिम्मेवारी बाँडफाँटका सन्दर्भमा पूर्वमाओवादी केन्द्र एकमत देखिएका छ । पूर्वएमाले भने विभाजित भएको छ ।

पूर्वमाओवादी केन्द्रले पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गरेको छ । माओवादी केन्द्रबाट राम कार्कीको नाम पनि बहसमा आएको छ । तर, प्रचण्डले नारायणकाजीकै नाममा सहमति जुटाउन खोजिरहेका छन् ।

पूर्वएमालेमा भने चारजना आकांक्षी देखा परेका छन् । झलनाथ खनाल, ईश्वर पोखरेल, घनश्याम भुसाल र बेदुराम भुसालको नाम चर्चामा छ ।

रोचक कुरा त यसमा माधव नेपाल नेपाल समूह नै विभाजित देखिएको  छ । नेपाल समूहबाट घनश्याम भुसाल र बेदुराम भुसाललाई अघि सारिएको छ । घनश्याम मार्क्सवादका अध्येता हुन् भने बेदुराम मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादका व्याख्याता ।

पाठ्यपुस्तक र पाठ्यक्रम तयार पारेर पार्टीका नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै आएका बेदुरामलाई नै स्कुल विभाग दिनुपर्ने तर्क माधव नेपाल पक्षका नेताहरूले गर्दै आएका छन् ।

यो पनि पढ्नूहोस्

नेकपामा संकट, ईश्वरलाई झड्का !

भुसालद्वयको ‘इन्ट्री’पछि नेकपा स्कुल विभागमा ‘ट्‍विस्ट’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro