site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा मलको अभाव कायमै

दाङ । खेतीको समयमा दाङमा रासायनिक मल अभाव भएपछि यहाँका किसानहरु भैरहवा पुग्न थालेका छन् ।

जिल्लाभित्र मलको अभाव भएपछि किसान भैरहवासम्म पुगेका हुन् । प्रदेशस्तरीय डिपो भैरहवामा मलका लागि पुगे पनि मल पाउन नसकेको उनिहरुको दुखेसो छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ढुवानी व्यवसायीको आन्दोलनका कारण मलको अभाव कारण देखाए पनि सरकारले बजेट निकासा ढिला र टेण्डरमा ढिलाई गरेका कारण मलको अभाव देखिएको बताइन्छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले सरकारले जेठको अन्तिम सातामा मात्रै बजेट निकासा गरेर टेण्डर गरेका कारण मल अभाव देखिएको बताए ।

प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार अझै दुई-तीन महिनापछि मात्रै मलको सहज हुने छ । ‘दाङमा युरिया मलभन्दा पनि डिएपी मलको अभाव देखिएको छ,यो तत्काल सहज बन्ने अवस्था देखिदैन्’ उनले भने ।

देशभरका लागि चाहिने मल खरिद गर्ने अन्तर्राष्ट्रिय ग्लोबल कम्पनी ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल खरिद गर्ने गरेका छन् तर यसवर्ष ग्लोबल कम्पनीले मल खरिद नगरेको प्रमुख बस्नेतले बताए । 

दाङका लागि आवश्यक १२ हजार मेट्रिक टन युरिया मल आएको छ भने डिएपी साढे तीन हजार मेट्रिक टन डिएपी मल बजारमा आएको छ । जिल्लामा युरिया मलको भन्दा डिएपि मलको अभाव बढी देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १८:२०
प्रतिक्रिया दिनुहोस्