काठमाडौं । पोइन्ट अफ सेल (पीओएस) मेसिनमार्फत् कारोबार गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
केन्द्रिय बैंकले डिजिटाइजेसन र फिनटेकको उपयोग पनि बढाउने भएको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई अभिवृद्धि गर्दै नगद कारोबारलाई क्रमशः घटाउँदै लैजाने नीति अवलम्बन गरेको हो । यसैगरी भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि पूर्वाधारहरुको विकास गर्दै सबै आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन केन्द्रीय बैंकले गर्ने भएको छ ।
चालु आर्थिक वर्ष भित्र वास्तविक समयको भुक्तानी प्रणाली सञ्चालनमा ल्याइने भएको छ भने राष्ट्रिय भुक्तानी द्वार÷स्वीचको विकासमार्फत् विद्युतीय भुक्तानी कारोबारको अन्तरआवद्धता सुनिश्चित गरी भुक्तानी कारोबारको राफसाफ स्वदेशमै हुने व्यवस्था गरिने भएको छ । यसैगरी मोबाइल र इन्टरनेटमार्फत भुक्तानी सेवा विस्तार गरी दुर्गम स्थानमा वित्तीय पहुँच पु¥याउन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रोत्साहन गरिने राष्ट्र बैंकले जनाएको छ ।
कार्डमार्फत नेपाली मुद्रामा गरिने भुक्तानी तथा फछ्र्याैट कारोबारलाई वृद्धि गर्ने उद्देश्यले राष्ट्र बैंकले को ब्रान्ड कार्ड र नेसनल कार्डको व्यवस्था गर्ने भएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुले विद्युतीय माध्यमबाट हुने कारोबारको अनलाइन रिपोर्टिङ्ग गर्ने व्यवस्था मिलाइने भएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थामा नगद जम्मा गर्न क्यास डिपोजिट मेसिन राख्नु पर्ने व्यवस्था मिलाइने छ ।