site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याम्पियन प्रेरणा, भन्छिन्– नाम विश्वमा चिनाउन चाहन्छु 
SkywellSkywell

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ नेपालमा हुँदैछ । आयोजक नेपाल यो सागलाई यादगार बनाउने योजनामा छ । नेपालले त्यसका लागि विभिन्न खेलाडीहरुलाई राष्ट्रिय स्तरमा तयारी स्वरुप पठाइरहेको छ ।  घरेलु टोलीले कतिपय खेलका लागि नेपालमा नै तयारी गराइरहेको छ । नेपालमा भएको तयारी र नेपाली खेलाडीसँगको प्रतिस्पर्धाले मात्र खेलाडीहरुको खेल स्तरमा सुधार आउँदैन । 

त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै नेपाललाई सागमा गोल्ड मेडल दिलाउने योजनामा छन् टेनिस खेलाडी प्रेरणा कोइराला ।  प्रेरणाले नेपालमा हुने सबै खाले प्रतियोगीतामा सहभागिता जनाउँदै च्याम्पियन पनि भैसकेकी छन् । नेपाली यू–१६ खेलाडीहरुको वरियतामा प्रेरणा पहिलो नम्बरमा छन् । १६ वर्षीया प्रेरणा अहिले सातदोबाटोस्थित टेनिस कोर्टमा सागको तयारी गरिरहेकी छन् । नेपाली कोर्ट र नेपाली खेलाडीहरुसँग मात्र तयारी गरेर नपुग्ने प्रेरणाको बुझाइछ । 

त्यसैले प्रेरणा हाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागिता जनाइरहेकी छन् । चेन्नइ र हैदरावादमा हुने एसएएआरसीको तयारी गरिरहेकी प्रेरणा हाल नेपालमा सहयोगी हातहरुको खोजीमा आएकी हुन् । एसएएआरसीमा सहभागिता जनाउन उनी २७ जुलाईमा पुनः चेन्नई र हैदरावादमा जानेछिन् । हाल मैदानमा तयारी गरिरहेकी प्रेरणालाई राष्ट्रिय खेलकुद परिष्द (राखेप)ले प्रति दिन रु ६ सय भत्तास्वरुप दिन्छ । 

KFC Island Ad
NIC Asia

गत चैत र वैशागमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लन टेनिसकी च्याम्पियन प्रेरणा कोइराला हाल आफ्नो पहिलो साग ऐतिहासिक बनाउने लक्ष्यसहित यतिबेला तयारीमा जुटेकी छन् ।  विराटनगरमा जन्मिएकी पे्ररणा हाल विभागीय क्लब एपीएफमा आबद्ध छन् । एपीएफले आफूलाई सहयोग गरे पनि प्रयाप्त नभएको उनी बताउँछिन् ।

“मलै देशको नामलाई उच्च बनाउने सोच राखेर नै अन्तर्राष्ट्रिय स्तरमा खेलिरहेकी छु, हालसम्म धेरै प्रतियोगितामा सहभागिता जनाइसकेँ जसमा नेपालको नामनै चिनाउने प्रयास गरेकी छु । मैले जति सक्दो आफ्नो आर्थिक अवस्थाले हालसम्मको प्रतियोगितामा सहभागिता जनाएँ तर अब जनाउन सक्ने अवस्था छैन । तर पनि कसैले सहयोग गरेमा म देशका लागि खुलेर खेल्नेछु,” प्रेरणाले भनिन् । 

Royal Enfield Island Ad

पछिल्लो समय लन टेनिसका सबै प्रतियोगितामा च्याम्पियन प्रेरणाले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । उनको एउटै लक्ष्य डेब्यू साफमा स्वर्ण पदक जित्ने हो । ११ वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी प्रेरणाले हाल सम्म धेरै पटक आइटीएफ र डब्लुटिएफमा देशको नामलाई चिनाइ सकेकी छन् । 

“मैले जति पनि प्रतियोगिता खेलेकी छु सबै देशका लागि खेलेकी छु । मेरो नाम अघिनै देशको नाम जोडिएको छ । अव यो नामलाई विश्व सामु चिनाउने मरो प्रयास हुनेछ । हाल म यसैको पहिलो खुड्किलोमा छु,” प्रेरणाले भनिन् । 

सानोमा क्रिकेटको रहर लिएर खेल क्षेत्रमा लागेकी प्रेरणा क्रिकेटमा राम्रो भविष्य नदेखेपछि लन टेनिसमा आकर्षित भएकी हुन् । हाल प्रेरणालाई सहयोग गर्न उनको क्लब एपीएफ पनि सकारात्मक रहेको छ । 

“प्रेरणा एपीएफका लागि होनहार खेलाडी हुन्, त्यसैले एपीएफले उनलाई अनुबन्ध गरेको हो । हामी प्रेरणाले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेको हेर्न सधैँ आतुर हुन्छौँ किनकि उनको नाम सबै नेपालीसँग जोडिएको हुन्छ । त्यसैले उनलाई सहयोग गर्ने कुरामा हामी पनि सकारात्मक छौं,” सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले भने । 

२०१५ मा श्रीलंकामा भएको वर्लड जुनियर च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा गरेकी प्रेरणाले राम्रो नतिजा हात पार्न सकिनन् । तर लन टेनिसको यात्रा अझंै मजबुत बनाउन भने निकै फलदायी रह्यो । त्यतिबेला प्रेरणा १४ वर्षकी थिइन् । लगत्तै प्रेरणाले २०१६ मा थाइल्यान्डमा भएको डिभिजन–२ मा सहभागिता जनाउने अवसर पाइन् । तर त्यसमा पनि उनी असफल । 

२०१७ भएको इन्टरनेश्नल टेनिस फेडरेसन (आईटीएफ) मा भने उनी उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् । सेमिफाइनलसम्मको यात्रा तय गरेकी उनले वर्ल्ड टेनिस फेडरेशन (डब्लुटीएफ) को प्रतियोगितामा सहभागिता जनाउने अवसर पनि पाइन् । उक्त प्रतियोगितामा उनी १७ औँ वरीयतामा रहेकी उनको टेनिसप्रतिको लगाव बढ्दै गएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro