site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरेल र श्रेष्ठ आमनेसामने, सर्‍यो सचिवालय बैठक

काठमाडौं । पार्टी स्कुल विभागमा सहमति नजुटेपछि मंगलबार बस्ने भनेको सचिवालयको बैठक बुधबारका लागि सरेको छ । सोमबार साँझ दुई अध्यक्षको छलफलमा पार्टी स्कुल विभाग सहमति नजुटेपछि बैठक बुधबारसम्मका लागि सरेको बताइएको छ । मंगलबार सचिवालय बैठकको कार्यक्रम नरहेको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले प्रष्ट पारेका हुन् ।

सांगठनिक संरचनामा प्रशिक्षण विभाग पार्टीको विद्यालय सहर मानिन्छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र तत्कालीन एमालेका महासचिव र रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलको दाबी रहँदै आएको छ । पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेकाले श्रेष्ठलाई प्रचार विभाग उपयुक्त ठहर्‍याइएको थियो । प्रचार पूर्वमाओवादी केन्द्रको भागमा परेको पनि थियो ।

तर, स्कुल विभागमा पोखरेलले दाबी गरेपछि दुई नेता आमनेसामने भएका छन् ।  गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको पूर्वमाओवादी केन्द्रको बैठक प्रशिक्षण विभाग नछाड्ने निष्कर्षमा पुगेको थियो । स्रोतका अनुसार सोमबारको अनौपचारिक बैठक पनि स्कुल विभागमै पुगेर अड्किएको थियो ।

ईश्वरलाई स्कुल विभाग दिन किन मान्दैन पूर्वमाओवादी केन्द्र ?

नेकपाभित्र अहिले ६ वटा देखिने गुट छन् । दुईवटा विचारधारा छ । पार्टीले अन्तरिम नीति, कार्यदिशाका रूपमा जनताको जनवाद अघि सारे पनि पूर्वएमाले खास गरी तत्कालीन एमालेको संस्थापन समूहले जनताको बहुदलीय जनवादको पृष्ठपोषण गर्दै आइरहेको छ । र, त्यसको नेतृत्व गरेका छन्– पोखरेलले ।

त्यसो त प्रचण्डसँग खटपट हुँदा अध्यक्ष केपी ओली स्वयम्ले जबजको वकालत नगरेका होइनन् । तर, राजनीतिक प्रतिवेदनमा एकताकै बेला हस्ताक्षर गरेर आइसकेकाले उनलाई पछि हट्न नैतिक संकट पर्‍यो ।  जबजको वकालत गरे एकता नै भड्खालोमा पर्ने खतरा बढेपछि उनी पछि हटे । अहिले जबज वकालतको जिम्मा पोखरेलले लिएका छन् । र, जबज बोकेर जिल्लाजिल्ला जाने घोषणा उनले सार्वजनिक मञ्चमै गरिसकेका छन् । त्यसो त पोखरेलले जनताको जनवादलाई हाँस न कुखुराको चाल भन्दै कटाक्षसमेत गर्दै आएका छन् ।

उनै पोखरेललाई स्कुल विभाग सुम्पँदा पार्टी नीति विरोधी हुने ठहर गर्दै पूर्वमाओवादी केन्द्रले अडान लिएको बुझिन्छ । स्कुल विभाग प्रमुख बनाउन व्यवधान खडा गरेपछि ईश्वर पोखरेल पक्षधरले सामाजिक सञ्जालमा पूर्वमाओवादी केन्द्रविरुद्ध क्रोध पोख्न थालेका छन्  ।

ईश्वर पोखरेल नजिक मानिएका नेता सूर्य थापाले सुरूदेखि नै प्रचण्ड र पूर्वमाओवादी केन्द्रविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । “नेकपामा पूर्व एमाले कसैको जिम्मेवारी खुमलटारको दया, कृपा र सहमतिमा तोकिने होइन । त्यहाँको दुःख, सीमा थाहा नपाउने शायदै कोही होला ?,” उनले फेसबुकमा लेखेका छन् ।

त्यस्तै पूर्व चौतारीका अध्यक्ष एवम् प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतले पनि आक्रोश पोखेका छन् । उनले लेखेका छन्– “कमरेड नारायणकाजीलाई मेरो सुझाव, कमरेड केपी ओलीलाई तर्साएर भाग हडप्छु भन्ने भ्रम नपाल्नोस्, केपीले यो फाइनल भनेपछि जतिसुकै रिसाए पनि कमरेड माधव, झलनाथ अनि वामदेव ठीक हो भन्दै पक्ष लिनुहुन्छ, यो तथ्य हो । बाँकी आफैँ बुझ्नोस । बाबुराम भट्टराईलाई लखेटेजस्तो ईश्वर पोखरेललाई लखेट्छु भन्ने तपाईंको डिजाइन हो भने बुझ्नोस, तपाईं आफै लखेटिनु हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro