site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दाङमा विकास बजेट खर्चमा समस्या, फिर्ता भयो झण्डै दुई अर्ब

दाङ । दाङमा विकास निर्माणका लागि प्राप्त भएको बजेट फ्रिज हुने समस्या वर्षोँदेखि कायमै रहेको छ । बजेट अभावको कारण देखाउँदै वषौँदेखि निर्माण थालिएका सडक तथा पुल निर्माण हुन सकिरहेको छैन । 

समयमै पुल तथा सडक निर्माण हुन नसक्दा नागरिकले सास्ती पाउने गरेका छन् । तर विकास निर्माणका लागि प्राप्त भएको बजेट वर्षेनी फिर्ता हुने परम्परा फेरि दोहोरिएको छ । यो वर्ष संघ र प्रदेश सरकारबाट दाङमा आएको झण्डै दुई अर्ब विकास बजेट खर्च हुन नसकी फिर्ता भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आर्थिक वर्ष २०७५–७६ मा जिल्लामा संघ र प्रदेशबाट आएको विकास बजेट मध्ये १ अर्ब ९९ करोड ५१ लाख ६३ हजार ७ सय १३ रुपैयाँ खर्च हुन नसक्दा फिर्ता भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय दाङले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय दाङले दिएको जानकारी अनुसार संघ सरकारबाट आएको ६ अर्ब १८ करोड ६७ लाख रुपैयाँ मध्ये ७४ करोड ६४ लाख २८ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट जिल्लामा आएको चालु र पूँजीगत बजेटमा एक अर्ब बढी रकम फिर्ता भएको छ । कार्यालयका सूचना अधिकारी अर्जुनकुमार डिसीका अनुसार प्रदेशको चालु र पूँजीगत तर्फ एक अर्ब ५ करोड ३९ लाख ३७ हजार २ सय ९९ रुपैयाँ बजेट खर्च नहुँदा फिर्ता भएको हो ।

यसैबीच संघ र प्रदेश सरकारबाट आएको रकममा विकास बजेट नै खर्च भएको छैन । विकास बजेट तर्फ एक अर्ब ६८ करोड ५ लाख २५ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको सूचना अधिकारी डिसीले जानकारी दिए, जसमा केन्द्रको ७४ करोड ६४ लाख र प्रदेशको ९३ करोड ५० लाख रुपैयाँ फिर्ता भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १४:१६
प्रतिक्रिया दिनुहोस्