site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रदेश ५ को पञ्चवर्षीय योजना सार्वजनिक

दाङ । प्रदेश ५ को योजना आयोगले आवधिक योजना सार्वजनिक गरेको छ । पञ्चवर्षीय आवधिक योजनामा कृषि, उद्योग र पर्यटनलाई प्राथामिकतामा छन् ।  

योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले कृषि, उद्योग, पर्यटनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी प्रदेशको आर्थिक वृद्धिदर बढाउने आवधिक योजनाको मुख्य लक्ष्य रहेको छ । 'समृद्ध प्रदेश खुसी जनता'को दीर्घकालीन सोंचका साथ प्रदेश सरकारले समृद्ध अर्थतन्त्र रोजगारमुखी जीवन निर्वाह प्रणाली, स्वच्छ र सुरक्षित वातावरणमा आधारभूत भौतिक सुविधा उपलब्धताको अपेक्षा गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आवधिक योजनाका आधारहरु ६ वटा रहेका छन् । त्यस्तै आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य विस्तार गरी मानवीय पूँजी निर्माण, सामाजिक समावेशिता र लैंगिक समता प्रबर्द्धन, प्रभावकारी विपद् व्यवस्थापन, जलवायु परिर्वतन अनुकूलनको विकास र विधिको शासन कायम गर्दै सुशासनको प्रत्याभूति गर्ने आवधिक योजनाका रणनीतिक लक्ष्य रहेका छन् ।

संविधान, दिगो विकास लक्ष्य, दीर्घकालीन सोच, सहितको पन्ध्रौ राष्ट्रिय आवधिक योजना, प्रदेश सरकारको नीति तथा कार्यक्रम, प्रदेशको आर्थिक सामजिक वस्तुस्थिति र राजनीतिक दल र जनप्रतिनिधिहरुको सुझाव समावेश गरी आवधिक योजना आएको मुख्यमन्त्रीका प्रेस सयोजक शेर वहादुर केसीले जनाए ।

आवधिमा भौतिक पूर्वाधार, कृषि, उद्योग, पर्यटन क्षेत्रलाई समेटने गरी बढी १० वटा प्रदेशकि गौरवका आयोजना छनौट गरी कार्यान्वन गर्ने, भू उपयोग नीति तथा प्रचलित ऐन बमोजिम भूमिको वर्गिकरण गरी कृषि उद्योग र आवाश क्षेत्रलाई छुट्याई भूमि व्यवस्थापन गर्ने लक्ष्य छ । पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिक दुई हजार अमेरिकी डलर पुर्‍याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । आवधिक योजना मुख्यमन्त्री पोखरेलले गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  २१:३०
प्रतिक्रिया दिनुहोस्