दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले महासंघले सञ्चारसम्बन्धी विभिन्न विधेयकको विरोधमा सुरू गरेको आन्दोलन स्थगित मात्रै गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको बुटवलमा बोल्दै उपाध्यक्ष पोखरेलले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी विधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका विषय हटाउने र सरोकारवालाहरुसंग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरेको बताएका हुन् ।
उनले आन्दोलन फिर्ता नगरी तेश्रो चरणका सडक आन्दोलन स्थगित गरिएको बताए । "प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चार सम्वन्धी बिभिन्न बिधेयक माथि छलफल दबाबलगायतका कार्यक्रम जारी रहन्छन," उनले भने ।