site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको हारमा खुसी भएको पाकिस्तान 
SkywellSkywell

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा बुधबार भारतको हारले सबैभन्दा खुसी पाकिस्तानलाई बनाएको छ । पाकिस्तानका एक मन्त्रीले भारतको हारमा खुसी मनाउँदै ट्विट गरेका छन् । ती हुन्– इमरान मन्त्रिमण्डलका सूचना एवम् प्रसारण मन्त्री चौधरी फवाद हुसेन । यिनका कतिपय टिप्पणी चर्चामा रहने गर्छन् । 

पहिलो सेमिफाइनलमा भारतको हारपश्चात् हुसेनले लेखे, ‘‘पाकिस्तानको नयाँ प्रेम न्युजिल्यान्ड (पाकिस्तानकी नई मोहब्बत न्युजिल्यान्ड) ।’’ न्युजिल्यान्ड त्यही देश हो, जसले भारतलाई सेमिफाइनलमा हरायो । समूह चरणको खेलमा भने यिनै दुई मुलुकले अङ्क बाँडेर लिएका थिए । वर्षाले खेल रद्द भएको थियो । 

उसो त कुनै बेला भारतले खेल हार्दा पाकिस्तान दुःखी पनि भएको थियो । तर त्यसमा उसको ठूलो स्वार्थ लुकेको थियो । समूहचरणमा इङ्ल्यान्ड र भारतको म्याच भारतले जितेको भए पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना रहन्थ्यो, यही कारण पाकिस्तानलाई भारतको जित आवश्यक थियो । तर नतिजा उल्टो आइदियो । र, पाकिस्तानी चिन्तित हुन पुगे ।   

KFC Island Ad
NIC Asia

यतिखेर पाकिस्तान खुसी हुनुको कारण भारतसँगको उसको लामो समयदेखिको खराब राजनीतिक सम्बन्ध नै प्रमुख कारण रहेको बुझ्न गाह्रो छैन । ऊ आफू त समूह चरणबाटै बाहिरिएपछि घर फर्किसकेको छ । हुसेनको ट्विट चर्चामा त छ, तर यसलाई युजर्सहरु मन पराइरहेका चाहिँ छैनन् । 

पाकिस्तान समूह चरणबाटै बाहिरिनुमा भारतको हात रहेको कतिपयले विश्लेषण नगरेका पनि होइनन् । उक्त म्याच भारतले जितिदिएको भए पाकिस्तानको सम्भावना जीवितै रहन्थ्यो । यसरी पाकिस्तानले भारतमाथि दोष लगाउनु उत्ति व्यावहारिकचाहिँ देखिँदैन । आफ्नो टोली अगाडि बढ्न आफूले नै मेहनत गर्नुपर्छ । कसैले जितिदेला वा हारिदेला र आफू सिँढी उक्लन पाएइला भनी सोच्नु उचित हुन सक्दैन । त्यसमाथि क्रिकेट खेल, जहाँ नतिजा छिनभरमै नसोचेको निस्कन सक्छ । 

Royal Enfield Island Ad

भारत–न्युजिल्यान्डकै कुरा गर्दा पनि भारतले जित्ने आकलन सुरुमा गरिएको थियो । न्युजिल्यान्डले भारतलाई दिएको लक्ष्य (२४०) त्यति ठूलो पनि थिएन । खेल चल्दै गर्दा भारत केहीबेर कमजोर देखियो, तर पछि पुनः भारतको जित सम्भव देखियो । तर पनि अन्त्यतिर लगातार विकेट गुमाउँदै जाँदा भारतले १८ रनले हार बेहोर्नुपर्यो । तथापि, विश्वकप क्रिकेट २०१९ को पहिलो सेमिफाइनल दर्शकका लागि निकै रोमाञ्चक र रोचक रह्यो । 

भारत–इङ्ल्यान्डको म्याचका विषयलाई लिएर भारतमाथि आरोप लगाउन नहुने पाकिस्तानी टोलीका कप्तान सरफराजले नै बताइसकेका छन् । भारतले इङ्ल्यान्डलाई हराएकै भए पनि पाकिस्तान सेमिफाइनलमा पुग्ने निश्चित थिएन ।

सेमिफाइनलमा हारेपछि भारतमा सबैभन्दा बढी चर्चा मिडियामा चल्न थालेको छ । भारतमा विभिन्नखालका तर्क र बयानहरु सार्वजनिक हुन थालेका छन् । हारपश्चात् सबैभन्दा बढी चर्चा महेन्द्र सिंह धोनीको हुन थालेको छ । किन उनलाई सातौं नम्बरमा उतारियो ? यही प्रश्नलाई भारतीय टोलीको रणनीति भुलका रुपमा समेत हेर्न थालिएको छ । म्याच चलिरहँदा कप्तान विराट कोहली कोच रवि शास्त्रीसँग रिसाउँदै कुरा गरेको पनि देखिएको थियो ।  

(एजेन्सीहरुको सहयोगमा) 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro