site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेटप्रेमीको आँखा सेमिफाइनलतिर, सबै उत्तिकै बलिया

काठमाडौं । क्रिकेटले तताएको खेल दुनियाँको दिमाग यतिखेर सेमिफाइनलमा कुन टोली उत्कृष्ट होला भन्ने विषयमा चिन्तन गरिरहेका छन् । मङ्गलबारदेखि सेमिफाइनलका खेलहरु आरम्भ हुनेछन् । कतिपय नेपाली क्रिकेटप्रेमी छिमेकी भारततर्फ विश्वासको आँखा लगाइरहेका छन् भने कोही इङ्ल्यान्ड र अस्ट्रेलियातर्फ पनि । 

नेपाली युवा दर्शकमा केही समयदेखि भारतप्रति स्नेह अलि कम हुन पुगेको महसुस गर्न सकिन्छ । जेसुकै होस्, आखिर खेल भनेको खेल नै हो । यसमा कसैको स्नेह वा हुटिङमात्रैले पनि काम गर्दैन । टोलीका सदस्यबीचको समझदारीले पनि कतिपय अवस्थामा म्याच जिताउँछ । 

छिमेकी भारतले अहिलेसम्म आफ्नो प्रदर्शन गर्विलो बनाउँदै आएको छ । यतिखेर ऊ ‘नम्बर वान’ पोजिसनका साथ अन्तिम चारको लहरमा उभिएको छ । अब उसले सेमिफाइनलमा न्युजिल्यान्डको सामना गर्नेछ । 

यसैगरी दोस्रो सेमिफाइनल बलिया दुई टिम अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुनेछ । भारतले सेमिफाइनलसम्मको यात्रामा नौ खेल खेल्यो । त्यसमा एक खेलमात्र हार्‍यो भने एक खेल वर्षाका कारण रद्द हुन पुग्यो । इङ्ल्यान्डसँग भने उसले ३१ रनले हारको सामना गर्नुपर्‍यो । भारतसँग आफ्नो खातामा १५ अङ्क छ । 

भारतले अस्ट्रेलियाजस्तो बलियो टिमलाई हारको स्वाद चखाइसकेको छ । न्युजिल्यान्डसँग भारतले यो विश्वकपमा अहिलेसम्म खेलेको छैन । त्यही दिन वर्षाका कारण खेल रोकिएको थियो, जुन दिन भारत न्युजिल्यान्डको सामना गर्न तयार थियो । 

न्युजिल्यान्ड तीन म्याच हारेर पनि सेमिफाइनलमा पुग्ने भाग्यमानी टोली बनेको छ । उसका अगाडि भारत बलियो देखिनु स्वाभाविकै हो । यस हिसाबले हेर्दा फाइनलमा भारत–अस्ट्रेलिया पुग्ने अनुमान कतिपय खेल विश्लेषकले लगाउन थालेका छन् । 

न्युजिल्यान्डले आफ्नो पहिलो म्याच श्रीलङ्कासँग खेल्दै १० विकेटले जितेको थियो । अस्ट्रेलिया, पाकिस्तान र इङ्ल्यान्डसँग हारेको न्युजिल्यान्डलाई भारतको सामना गर्न सहज पक्कै छैन । उता, अस्ट्रेलिया भने भारत र दक्षिण अफ्रिकासँग हारेको थियो । चार पटक विश्व कपको ट्रफी उचालिसकेको अस्ट्रेलिया यस पटक पनि बलियो दाबेदार रहेको छ । सेमिफाइनलमा इङ्ल्यान्डसँग उसको रोचक मुकाबिला हेर्न थुप्रै दर्शक प्रतीक्षारत छन् ।

यसरी हेर्दा अस्ट्रेलिया सेमिफाइनलमा त बलियो दाबेदार छ नै, फाइनल पुगेका खण्डमा समेत ऊसँग प्रतिस्पर्धा गर्न सहज हुने छैन । उता, आयोजक देश इङ्ल्यान्ड पनि कहाँ कमजोर छ र ! उसले भारत र न्युजिल्यान्डजस्ता बलिया टिमलाई हराइसकेको छ । १२ अङ्क बोकेर सेमिफाइनलको यात्रा पक्का गरेको इङ्ल्यान्ड सेमिफाइनलमा जित निकालेर फाइनल नै हात पार्ने दाउमा छ । 

एजेन्‍सीको सहयोगमा
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro