site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लियो

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो । 

दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दिएको २४२ रनको मध्यम लक्ष्य पछएको न्युजिल्यान्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै २४५ रन पूरा गर्‍यो । न्युजिल्यान्डलाई जित दिलाउन कप्तान केन विलियम्सनले शतकीय पारी खले । १३८ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा १०६ रन बनाए । 

त्यस्तै कोलिन डी ग्राण्डहोमले अर्धशतकीय पारी खेले । ४७ बल खेलका उनले ५ चौका र २ छक्काको सहयोगमा ६० रनको योगदान गरे । न्युजिल्यान्डलाई महत्वपूर्ण तीन अंक दिलाउन मार्टिन गुप्तिलले ३५ रन जोड्दा जिम्मी निशमले २३ रन जोडे । 

Dabur Nepal

बलिङतर्फ दक्षिण अफ्रिकाका क्रिस मोरिसले सर्वाधिक तीन विकेट लिए । त्यसतै कगिसो रबाडा, एण्डिले फेह्लुक्वायो र लुङ्गी एन्गिडीले समान एक-एक विकेट लिए । 

यसअघि वर्षाका कारण मैदान गिलो भएपछि ४९ ओभरमा सारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाउँदै २४१ रन पुरा गरेको थियो । 

दक्षिण अफ्रिकाका लागि हसिम अमलाले अर्धशतकीय पारी खेले । ८३ बल खेलेका उनले ४ चौकाको सकयोगमा ५५ रन बनाए । साथै उनले एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो ८ हजार रन पूरा गर्ने दोस्रो खेलाडीको रुपमा रहेका छन् ।

त्यस्तै रस्सी भान डर डसेनले पनि अर्धशतकीय पारी खेले । ६४ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ६७ रन जोड्न सफल भए । 

दक्षिण अफ्रिकाका लागि एन्डेन मार्करम ३८ रन जोड्दा डेभिड मिलर ३६ र कप्तान फाफ डु प्लेसिस २३ रनको योगदान गरे । 

बलिङतर्फ न्युजिल्यान्डका लागि ल्युक फर्गुसनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम र मिचेल स्यान्टनरले समान एक-एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  ००:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro