site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश ५ मा १८५ औलो रोगी, दाङमा १० जना संक्रमित

दाङ । प्रदेश नं ५ मा १८५ औलो रोगी भेटिएको तथ्यांक सार्वजनिक भएको छ ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय अनर्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ । ‘आफैँबाट सुरु गरौँ, औलोलाई शून्यमा पु¥याऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको छ ।

औलो रोग नियन्त्रणका लागि सरकारले चलाएको अभियानले औलो रोगीका संख्या घटे पनि बाँके प्रदेशकै उच्च जोखिममा रहेको छ । सार्वजनिक तथ्यांकका आधारमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  २२:३२
प्रतिक्रिया दिनुहोस्