site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दैलेखमा ५.१ रेक्टरको भूकम्प, केही घरहरूमा क्षति 

काठमाडौं । गएराति साढे १२ बजे दैलेखमा भूकम्प गएको छ । गएराति १२ बजेर ३६ मिनेट जाँदा दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले केही घरहरुमा क्षति पुगेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

गएराति १२:३६ मा दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ ML को भुकम्प गयो । सो भुकम्पले ४/५ वटा घरहरूमा सामान्य क्षति पुर्याएको अन्य अबस्था सामान्य रहेको प्ररम्भिक जानकारी छ ।

— NEOC, MoHA Nepal (@NEOCOfficial) May 12, 2019

 दैलेख केन्द्रबिन्दु बनाएर चैत १८ गते ४.१ रेक्टरको भूकम्प गएको थियो । त्यसबाहेक बझाङ केन्द्रबिन्दु बनाएर वैशाख २ गते ४.८ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै वैशाख ११ गते धादिङ केन्द्रबिन्दु बनाएर गएका दुईवटा भूकम्पले काठमाडौं आसपासमा समेत धक्का महसुस भएको थियो । वैशाख ११ गते ५.२ रेक्टरको भूकम्प गएको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro