site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठौं राष्ट्रिय खेलकुदः नेपालगन्जलाई अपूरा पूर्वाधार
SkywellSkywell

काठमाडौं । बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गएको साता प्रदेश नम्बर पाँचका विभिन्न स्थानमा सम्पन्न भयो । भीआईपी प्यारापिट, खेलाडीको चटपटे मोह, पदक विजेता खेलाडीको चर्चासँगै आठौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले समापन गरे । 

नवौं राष्ट्रिय खेलकुदको जिम्मेवारी गण्डकी प्रदेशले पाएसँगै आठौंबाट प्रदेश नम्बर पाँचले पाएका संरचनाको चर्चा हुन थालेको छ । त्यसो त राष्ट्रिय खेलकुद आयोजनाको उद्देश्य हरेक स्थानमा संरचनाको विकास गर्नु पनि हो । तर, अहिलेसम्म आयोजना भएका स्थानमा पूर्वाधारको अवस्था खासै राम्रो पाइँदैन । 

यसअघि विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदबाट त पूर्वाञ्चल बदनाम नै भयो।  पूर्वाधार राम्रो भएन भनेर आलोचित राष्ट्रिय खेलकुद परिष्दले अन्तिम समयमा आत्तिएर आठौं खेलकुद गर्दा अहिले पनि धेरैजसो पूर्वाधार पूर्णरुपमा तयार भएनन् । नेपालगञ्ज रंगशालामा आयोजित समापन कार्यक्रममा उपराष्ट्रपति पुनले आठौंको पूर्वाधार निर्माण पूर्ण नभएकै कारण गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको समयमै तयारीमा लाग्न सुझाव दिएका थिए । पूर्णरुपमा पूर्वाधार तयार नभएकै बेला खेल सञ्चालन गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले भने नेपाली खेलकुदले इतिहास रचेको दाबी गरे । 

KFC Island Ad
NIC Asia

अधुरो पूर्वाधार 
आठौं राष्ट्रिय खेलकुदबाट नेपालगन्जले करोडौंको योजना तथा भौतिक पूर्वाधारहरु पाएको छ । तर अधिकांश पूर्वाधार पूर्ण रुपमा तयार भएनन् । सर्वाधिक चर्चामा रहेको भीआईपी प्यारापिट खेल समापनसम्म पनि तयार थिएन । निमार्णको जिम्मेवारी पाएको कम्पनीले अहिले पनि काम जारी नै राखेको छ । 

राखेपले जसोतसो प्रतियोगिताको उद्घाटन र समापन उक्त प्यारापिटमा गरायो । आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार निर्माणका लागि सरकारले नेपालगञ्जमा गरेको करिब एक अर्बको लगानीको भौतिक संरचनाभित्र भीआईपी प्यारपिट पनि पर्छ । जसलाई नेपालगञ्ज रंगशाला निर्माण गर्न आठौं राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो योजना मानियो । जो पूर्ण रुपमा बन्न अझै केही समय लाग्ने देखिन्छ । 

Royal Enfield Island Ad

पौडी पोखरीको काम पनि अधुरै छ । पौडी पोखरीमा ‘टायल’ हाल्ने काम सकिए पनि पोखरीमा पानी हालिएकै थिएन । प्रतियोगितामा पौडीतर्फका सबै खेल गराउने भनिएको भएपनि सिग्नेट होटलको पोखरीमा पौडीतर्फका १७ प्रतिस्पर्धा भए । 

नेपालगन्जले आठौंसम्म पाएको अर्काे अधुरो पूर्वाधार भनेको रंगशालाको दुबो हो । रंगशालामा करिब ४० लाख रुपैयाँबराबरको दुबो हाल सुक्ने अवस्थामा छ । उद्घाटनको समयमा आकर्षणको केन्द्र बनेको हरियाली मैदान समापनको समयमा अधिकांश स्थानमा सुकेको थियो । 

इन्डोरमा गर्ने खेल आउटडोरमा 
राखेपले आठौं खेलकुद सञ्चालन गर्नुपूर्व इनडोरमा हुने सबै खेलहरु इनडोरमा नै हुने बाचा गरेको थियो । तर, कतिपय खेल विद्यालयको मैदानमा भए । आईटिएफ तेक्वान्दो र फुल कन्ट्याक्ट कराते महेन्द्र क्याम्पस नेपालगन्जमा भयो । दुवै प्रतियोगिता क्याम्पसको मैदानमा पाल टाँगेर गरिएको थियो । दुवै प्रतियोगिता खेलाडीहरुले २५ डिग्री तापक्रममा खेलेका थिए । जुडो र जिम्न्याष्टिक पनि २५ डिग्रीमाथिको तापक्रममा गरिएको थियो । 

बक्सिङ पनि नेपालगन्जको ज्ञानोदय माविमा सम्मन्न भएको थियो । आठौंका लागि दर्शक खचाखच भरिएको अर्काे इनडोर खेल भनेको भलिबल हो । नेपालको राष्ट्रिय खेल भलिबल पनि भलिबल एकेडेमी खजुरामा सम्पन्न भयो । एकै समयमा दुई स्थानमा भलिबलका प्रतियोगिता भए । यसले गर्दा भलिबल हर्न आउने दर्शक पनि अन्योलमा परेका थिए । यस्तै, महिला फुटबल दाङमा गराइयो । खाल्डाखुल्डी भएको रंगशालामा खेल्दा चोटपटक लागेको खेलाडीले गुनासो गरेका छन् । 

नयाँ इतिहास 
२०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद नियमित भएको थिएन । यतिबेला २० औं संस्करणको प्रतियोगिता हुनुपर्नेमा राष्ट्रिय खेलमा जम्मा आठौं संस्करणको प्रतियोगिता सम्पन्न भयो । यो संस्करणमा पनि केही आलटाल नभएको होइन । समय–समयमा मिति सर्दै आठौं खेलकुद दुई वर्षभित्र नै समापन भयो । समापनको समयमा राखेपका सदस्य सचिव केशव कुमार विष्ठले यो एक ऐतिहासिक क्षण रहेको पनि बताए । लामो समयसम्म समयमा हुन नसकेको प्रतियोगिता समयमै सम्पन्न गर्दै सदस्य सचिव विष्टले खेल क्षेत्रमा राम्रै प्रशंसा कमाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro