site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेठदेखि नेवानिको टिकट अनलाइन बुकिङ

काठमाडौं । नेपाल वायु सेवा निगम तीन महिनाभित्र अनलाइन बुकिङ तथा विद्युतीय भुक्तानीका लागि अनलाइन प्रणालीमा जाने भएको छ । अनलाइन टिकटिङमा जाने प्रक्रियामा रहेको र यसका लागि अन्तिम गृहकार्य भइरहेको निगमले जनाएको छ । 

“निगमले पनि अनलाइनबाट टिकट काट्ने सुविधा प्रदान गर्ने सोच बनाएको छ,” निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, “अब बढीमा तीन महिना लाग्छ । जेठबाट एनएसीको टिकट पनि अनलाइनबाट बुकिङ गर्न सकिनेछ ।”

सरकारी प्रक्रियाअनुसार जानुपर्ने भएकाले पनि अरुको तुलनामा केही ढिलो भएको श्रेष्ठको भनाइ छ । “अहिले पनि हामीले टेन्डरमा जानुपर्ने भएकाले केही ढिला हुन्छ, सरकारी नियम, प्रक्रिया र विधिमा बसेर काम गर्नुपर्ने हुन्छ,” श्रेष्ठ भन्छन्, “आईटी विभागले द्रुत गतिमा काम गरिरहेको हुँदा अब भने तत्काल हामी अनलाइनबाटै टिकट बुकिङ र विद्युतीय भुक्तानी गर्ने अवस्थामा पुग्दैछौं ।”

अनलाइन बुकिङका लागि सफ्टवेयर निर्माण गर्न भारतीय कम्पनी ‘बर्डस्’सँग सम्झौता गरेको निगमले विद्युतीय बुकिङका लागि थाई कम्पनी ‘टूसीटूजी’ सँग नेभेम्बरमा सम्झौता गरिसकेको छ । 

निजी विमान सेवाहरू लामो समयदेखि अनलाइन प्रणालीमा गए पनि निगम भने अझै पनि पुरानै ढर्राबाट चलिरहेको छ । “सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर काम गर्नुपर्ने भएकाले अरुभन्दा ढिलो भएको हो,” श्रेष्ठले भने । 

नेवानिको टिकट लिन कार्यालय नै पुग्नुपर्ने भएकाले निगमले आफूसँग भएका विमान संख्याको अनुपातमा यात्रुलाई सेवा दिन सकिरहेको छैन । निजी वायु सेवा कम्पनीको तुलनामा ध्वजावाहक विमानमा भने यात्रुको आकर्षण कम देखिन्छ । निजी कम्पनीका विमानमा यात्रुको चाप थेगिनसक्नु हुँदा नेपाल वायु सेवा कम्पनीका विमान भने खालीसमेत उड्ने गरेका छन् । 

सन् २०१६ को ९ महिनाको तथ्यांक हेर्दा बुद्ध एयरले ७ लाख यात्रुलाई सेवा दिँदा निगमका विमानबाट भने सोही अवधिमा आन्तरिकतर्फ २८ हजार यात्रुले मात्र सेवा दिएको थियो ।  

“अब भने यो अवस्था रहँदैन, अनलाइनमा गएसँगै धेरै समस्याको हल हुन्छ,” प्रवक्ता श्रेष्ठ भन्छन्, “अब किटक काट्न कार्यालय नै आउनु नपर्ने भएपछि खाली विमान उडाउनुपर्ने अवस्था रहँदैन, यात्रुको संख्यामा वृद्धि हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७३  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro