site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
\'गोल्डेन\' गौरिका

नेपालगन्ज । ब्राजिलको रियो दि जेनेरियोमा सन् २०१६ मा सम्पन्न विश्व खेलकुदको कुम्भ मेला ओलम्पिकमा नेपालले सम्झनलायक नतिजा ल्याउन नसकेपनि विश्वभर चर्चा पायो । त्यसको एउटै कारण थिइन्– पौडी खेलाडी गौरिका सिंह । नेपालले मात्र होइन, सारा बिश्वको ध्यान गौरिकामा केन्द्रित भएको थियो । ओलम्पिकमा सहभागी विश्वभरका ११ हजार २ सय ३८ खेलाडीमध्ये सबैभन्दा कम उमेरमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडी थिइन् गौरिका सिंह । उनको उमेर त्यसबेला १३ वर्ष थियो । 

कान्छी ओलम्पियन भएपछि गौरिकाको चर्चा वबश्वभर भयो । त्यसपछि उनले कहिले पछाडि फर्किनु परेको छैन । सानै उमेरबाट पौडी खेल खेल्न थालेकी गौरिकाले रियो ओलम्पिकमा पौडीमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । पहिलो चरणमा गौरिकाले जित निकाले पनि दोस्रो चरण भने पार गर्न सकिनन् । 

त्यसअघि गौरिकाले भारतमा सम्पन्न भएको १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा पनि आफ्नो यात्रा यादगार बनाएकी थिइन् । उक्त प्रतियोगितामा उनले एक रजत र तीन कास्य पदक जित्दै सागमा उत्कृष्ट सुरुवात गरिन् । त्यसपछि भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा गौरिका सहजै पदक जित्न सफल भइन् । 

गौरिकाले सन् २०१५ मा नेपालमा नै भएको ओपन नेशनल स्वीमिङ च्याम्पियनसिप अन्तर्गत उमेर समूहको खेलहरुमा तीन वटा स्वर्ण जितेकी थिइन् । त्यसअघि सन् २०१४ मा भएको ग्यालेक्सी कपमा सहभागिता जनाउँदै उनले स्वर्ण पदक जितेकी थिइन् । 

\"\"गौरिका नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) मा पौडीको व्यक्तिगत स्पर्धामा पदक जिताउने एक्ली खेलाडी समेत हुन् । एशियन र विश्व च्याम्पियनसिपमा पनि उनले अनुभव राखेकी छन् । यतिबेला उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन बेलायतबाट नेपालगन्ज पुगेकी छन् । 

उनको एउटै लक्ष्य आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै स्वर्ण जित्नु हो । १६ वर्षको उमेरमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएकी गौरीकाले ५० मिटर ब्याकस्ट्रोक र ४ सय मिटर र ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन् । उनले ५० मिटरमा ३०.८५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएकी छन् । 

“पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नेपाल आएकी छु, निकै रमाइलो लागेको छ । राष्ट्रिय खेलमा धेरै स्वर्ण जित्दै यादगार बनाउने मेरो योजना छ,” त्रिभुवन आर्मी क्लबबाट खेलिरहेकी गौरिकाले थपिन्, “पहिलो दिन नै मलाई राम्रो सफलता हात परेको छ, अन्य प्रतिस्पर्धामा पनि उत्कृष्ट गर्ने प्रयास गर्नेछु । मलाई लामो दूरीको पौडी भन्दा छोटो दूरीको पौडीमा सहज हुन्छ ।” 

यसअघि पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा भने उनी सहभागी भएकी थिइनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिता आयोजना गर्न खोजेको नेपालगन्ज पौडी पोखरी पूर्ण रुपमा तयार नभएपछि सिग्नेट होटलको पोखरीमा खेल भइरहेको छ । 

गौरिका कोरियामा आयोजना हुने विश्व पौडी प्रतियोगिताको तयारीमा पनि केन्द्रित छन् । प्रतियोगिता जुलाई १२ देखि सुरु हुँदैछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro