site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वकप्तानको कोहलपुर सपना
SkywellSkywell

नेपालगन्ज । नेपालगन्जको शीरैमा पर्ने कोहलपुर । हिउँदमा अत्यधिक जाडो र बर्खामा अत्यधिक गर्मी हुने ठाउँ ।  कोहलपुरको चौराह धेरै मान्छेको ध्यान खिच्न सफल ठाउँ हो । जसलाई कोहलपुरको पहिचान पनि भनिन्छ । पछिल्लो समय कोहलपुरले आफ्नो पहिचान क्रिकेटसँग जोड्न थालेको छ । त्यसको उदाहरणका रुपमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रिकेट कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भैइरहेको छ । त्यसको मुख्य श्रेय जान्छ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीलाई । उनकै प्रयासले यो रंगशालामा राष्ट्रिय प्रतियोगिता भइरहेको छ । 

त्यसो त धेरै खेलाडीलाई आफ्नो खेल जीवनबाट सन्यास लिएर भविष्यमा प्रशिक्षक या कुनै एकेडेमी सञ्चालन गरेको देख्न सकिन्छ । तर, पूर्वकप्तान क्षेत्री फरक छन् । निकै लामो समय राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गरेका उनी हाल क्रिकेटर बन्ने सपना लिएर गन्तव्यको खोजीमा रहेका भविष्यका सयौं क्रिकेटरहरुको प्रतिनिधित्व गर्ने प्रयासमा जुटिरहेका छन् ।
यसअघि पनि उनले घेरै अनुहारहरुलाई भविष्य नदेखाएका होइनन् । १५ वर्षअघि नै क्षेत्रीले कोहलपुर मैदानमा नेपालमै पहिलो महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरेका थिए ।

KFC Island Ad
NIC Asia

अहिले यो रंगशालामा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट चलिरहेको छ । लामो समयसम्मको प्रयासले नै रंगशालाले राष्ट्रिय क्रिकेटरलाई मैदानमा पाएको हो । 
“सुरुवाती चरणमा निकै ठूलो अपेक्षा पनि लिएको थिइन । यसलाई एउटा राम्रो क्रिकेट मैदानको रुपमा देख्ने चाहना थियो । तर, सबैको साथ र सहयोगले अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म पुर्याउने प्रयास सफल भयो,” क्षेत्री भन्छन् । कोहलपुर क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु चलिरहेका छन् भने सेमिफाइनल तथा फाइनल खेलहरु पनि कोहलपुरमा हुनेछन् । 

“लामो समयसम्म राष्ट्रिय टोलीमा बिताएँ, देशका लागि केहि दिएँ जस्तो पनि लागेको छ, देशले पनि मलाई बेग्लै पहिचान दिएको छ । अझै पनि देशलाई केही दिने चाहना छ । नेपाली क्रिकेटलाई एउटा रंगशाला निर्माणमा सहयोग गर्दैछु,” उनले भने ।

Royal Enfield Island Ad

क्षेत्री नेपाली महिला क्रिकेटको जग बसाउने व्यक्ति समेत हुन् । २०६० सालमा प्रतियोगिता गर्दै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार तय गर्ने श्रेय उनलाई नै जान्छ । त्यसपछि २०६४ सालमा रुपन्देही र बाँकेका महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । उक्त प्रतियोगिताबाट छानिएको टोलीले सन् २००७ मा नेपाली महिला क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । 

“जीवनमा केहि सफलताहरु हात पारियो । कोहलपुर रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सकिएमा जीवनको ठूलो सफलता हुनेछ,” क्षेत्रीले भने । सरकार र राष्ट्रिय खेलकुद परिषद् पनि यसमा सकारात्मक देखिएकाले काम समयमै सम्पन्न हुने उनको विश्वास छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro