site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिपको सदुपयोगसँगै प्लास्टिक झोला विस्थापनमा महिला सक्रियता

दाङ । घोराही उपमहानगरपालिका- १५ का चारजना महिलाले सिकेको सिपको सदुपयोग गर्दै नयाँ काम थालेका छन्। उनीरुले जीविकासँगै वातावरण संरक्षणमा पनि जोड दिने गरी आफ्नो व्यवसाय अघि बढाएका छन् ।

घोराही उपमहानगरपालिकाको सहयोगमा तालिम लिएकामध्ये कमला रावत, शारदा ओली, नन्दकुमारी केसी र मीना विष्टले संयुक्त लगानीमा सक्षम महिला प्रिन्ट उद्योग सञ्चालनमा ल्याएका छन। उनिहरुले जनही दश-दश हजारबाट उद्योग शुरु गरेका हुन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घोराही उपमहानगरपालिको ‘प्लाष्टिकमुक्त अभियान’ लाई सहयोग गर्ने पनि आफूहरुको उद्देश्य रहेको उद्योग सञ्चालक रावतले जानकारी दिइन। ‘बजार प्लाष्टिकमुक्त भएपछि मात्र हामीहरुले राम्रोसग बजार पाउँछौं’, उनले भनिन, ‘हाम्रो उत्पादनले प्लाष्टिकमुक्त अभियानमा पनि सहयोग पुग्ने विश्वास लिएका छौं।’यस उद्योगबाट आम्दानी भएको रकमबाट जनही नौ-नौ हजारका दरले मासिक तलब खाने र बाँकी रहेको रकम नोबेल सहकारी संस्थामा जम्मा गर्दै आएको उनीहरुले जनाएका छन्। उद्योगबाट अहिलेसम्म पाँच लाख बराबरको आम्दानी भएको छ।

उनीहरुले उद्योगमा दिउँसोकै समय प्रयोग गरिरहेका छन्। ‘बिहान घरको काम सकेर दिउँसो १२ बजे उद्योगमा जाने गरेका छौं’, अर्का सञ्चालक शारदा ओलीले भनिन, ‘साझ पाँच बजेसम्म उद्योगमा काम गरेका छौं।’

खाली भएको समय उद्योगमा लगाउँदा निकै सहज लागेको अर्की सञ्चालक मीना बिष्टले भनिन । महिलाहरुले उत्पादन गरेको फाइबर झोला बजारमा गइसकेको छ। बजारबाट प्रतिक्रिया पनि राम्रै आएको छ। 

‘यसले बजारमा प्लाष्टिकको प्रयोग कम गर्ने अपेक्षा गरेका छौं’, उद्योगका अर्का सञ्चालक नन्दकुमारी केसीले भनिन, ‘घोराही उपमहानगरपालिकाले पनि प्लाष्टिक कम गर्ने उद्देश्यका साथ नै हामीलाई तालिम दिएको हो । हामीले उपमहानगरको उद्देश्य पूरा गर्दै आफ्नो उद्यम विकासको काम अघि बढाइरहेका छौं।’


 

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २१:४०
प्रतिक्रिया दिनुहोस्