अर्थ व्यवसाय

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा स्थानीय तहमा पाँच अर्ब ६० करोड ७२ लाख रुपैयाँ विभिन्न अनुदान हस्तान्तरण र राजस्व बाँडफाँट गर्ने भएको छ । आइतबार (असार १) प्रदेशसभामा नयाँ बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यसबारे जानकारी गराएका हुन् ।
कोसी सरकारले आउँदो आर्थिक वर्षमा स्थानीय तहमा समानीकरण अनुदानतर्फ एक अर्ब ३० करोड हस्तान्तरण गर्ने भएको छ । ससर्ततर्फ एक अर्ब ६० करोड ७२ लाख रुपैयाँ हस्तान्तरण गरिनेछ ।
मन्त्री मगरले पूर्वाधार विकासतर्फ एक अर्ब ६० करोड समपूरक अनुदान हस्तान्तरण गरिने बताए । राजस्व एक अर्ब १० करोड बाँडफाँट गरिने उनले जानकारी गराए ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ १६:१०
प्रतिक्रिया दिनुहोस्