अर्थ व्यवसाय

विराटनगर । कोसी पर्यटन वर्षका निम्ति फेरि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आइतबार (असार १) कोसी प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यसबारे जानकारी गराएका हुन् ।
उनले पर्यटन, वन तथा वातावरण क्षेत्रका निम्ति दुई अर्ब ९७ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।
कोसी सरकारले पर्यटन वर्ष मनाउन कार्यक्रम थालिसकेको छ । त्यसनिम्ति चालु आर्थिक वर्षमा पनि १० करोड बजेट विनियोजन गरिएको थियो । तर, कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको छैन । पर्यटन वर्षको उद्घाटन यसअघि नै गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ १६:१६
प्रतिक्रिया दिनुहोस्