एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक सान्टिएगो सोलारीले आफ्ना क्लबका मिडफिल्डर इस्को रियलको लागि खेल्न फिट नभएको बताएका छन् । यसअघि च्याम्पियन्स लिग अन्तर्गत आयाक्सविरुद्धको खेल गुमाएका इस्कोलाई टिमका प्रशिक्षक सोलारीले उनी रियलका लागि खेल्न फिट नभएको बताएका छन् ।
इस्को पछिल्लो समय रियलका धेरै खेलहरुमा बेन्चमा हुन्छन् । सोलारीले भालाडोलिडविरुद्धको खेलअघि भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । “कुनै पनि खेलाडीले खेल्नुअघि खेलाडी शारीरिक रुपमा फिट छ, छैन भन्ने जरुरी हुन्छ । त्यसपछि मात्र उसले खेल्ने मौका पाउँछ,” प्रशिक्षक सोलारीले भने ।
मालगाबाट सन् २०१३ मा रियल आएका इस्कोले क्लबका लागि १ सय ७३ खेल खेल्दै ३३ गोल गरिसकेका छन् । पछिल्लो समय कमजोर भएको रियल ला लिगामा शिर्ष स्थानको बार्सिलोना भन्दा १५ अंकले पछि छ ।