site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा मात्र चार वर्षमा ५ सय १३ बालबालिका बेपत्ता

दाङ। पछिल्लो समय दाङमा बालबालिका अपहरण गरी फिरौती माग्ने, वेपत्ता बनाउनेजस्ता जघन्य अपराध अझै पनि रोकिन सकेको छैन्। जिल्ला प्रहरी कार्यालय दाङको महिला तथा बालिबालिका सेल प्रमुख सपना सुमन खड्काका अनुसार पछिल्लो करिब चार वर्षमा ५ सय १३ बालबालिका हराएका छन्।

प्रहरीका अनुसार आर्थिक वर्ष ०७२-७३ मा १ सय ७ जना, ०७३-७४ मा ९७ जना, ०७४-७५ मा १ सय ८० जना बालबालिका हराएका थिए भने चालुवर्षको माघ मसान्तसम्म १ सय २९ जना बालबालिका हराएका छन्। चालु आर्थिक वर्षको साउनदेखि माघको अन्तिमसम्म ४९ जना बालक र ८० जना बालिका हराएका छन् भने हराएकामध्ये ३५ बालक र ६० जना बालिका भेटिएको प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षमा हराएका बालबालिकामध्ये ३४ बालबालिका अझै बेपत्ता भएको प्रहरी सहायक निरीक्षक खड्काको भनाइ छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तथ्यांकमा विगत तीन वर्षमा हराएका बालबालिका फेला परिसकेको प्रहरीले बताए पनि कति बालबालिकाको सकुशल उद्धार भयो भन्ने तथ्यांक छैन्। हराएका बालबालिकामध्ये केही सम्पर्कमा आफै आउने गरेका छन् भने केहीको उद्धारसमेत हुने गरेको प्रहरी सहायक निरिक्षक खड्काले बताइन्। उनका अनुसार परिवारको लापरवाहीका कारण अधिकांश बालबालिका हराउने गरेका छन्।

उनले भनिन्, "श्रीमान विदेशमा घरमा श्रीमती काममा व्यस्त हुने र बालबालिकाको वास्ता नहुने कारण घरबाटै बालबालिका हराउने गरेका छन्। यस्तै कतिपय बालबालिका साथीभाइको लहलहमै लागेर पनि घरबाट निस्कने गरेका छन्।"

प्रहरीले हराएका बालबालिको खोजी गरेर उद्धार गर्ने गरे पनि केही भने अझै बेपत्ता अझै छन्। प्रहरीले ठूलो मात्रामा हराएका बालबालिकाको तथ्यांकमा देखिए पनि अधिकांश बालबालिका सम्पर्कमा आउने गरेको जनाएको छ। बालबालिका हराएको प्रहरीमा निवेदन दिन्छन् तर भेटिएको जानकारी गराउँदैनन् त्यसैले पनि बेपत्ता बालबालिकाको संख्या धेरै देखिएको महिला तथा बालिबाललिका सेलकी प्रमुख खड्काले बताइन्।

हराएकामध्ये अधिकांश बालबालिका होटलमा श्रमिकको रुपमा काम गर्ने गरेको भेटिन्छन् अनि उनीहरुलाई परिवारको जिम्मा लगाउने गरेका छौँ भने कतिपय दुःख पाएपछि आफै फर्किने गरेको उनले बताइन्।

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  २०:४०
प्रतिक्रिया दिनुहोस्