site stats
बाह्रखरी :: Baahrakhari
देश
लोपोन्मुख कुसुन्डा भाषाप्रति नयाँ पुस्ताको प्रेम

दाङ । दाङमा दश जना बालबालिकाहरु कुसुण्डा भाषा अध्ययन गरिरहेका छन्। उनीहरु दाङ, प्युठान र सुर्खेतका हुन्। नयाँ पुस्ताले आफनो मातृभाषा सिक्न चासो देखाएको कुसुण्डा भाषाका जानकारसमेत रहेका शिक्षक उदय आले बताउँछन्। 

कुसुण्डा भाषाको कक्षा शुरु भएपछि नयाँ पुस्ता भाषा सिक्न उत्साहित देखिएका छन्। "अहिले ९० घण्टाको कक्षा सुरु भएको छ, यसको पहिलो चरणमा कुसुण्डा भाषा सम्बन्धी विभिन्न
शब्‍दहरु सिकाउने काम भईरहेको छ", आलेले भने, "प्रारम्भीक तहको कक्षामा बालबालिकाको राम्रो उत्साह देखिएको छ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भाषा आयोगको कार्यक्रम उपलब्‍धीपूर्ण होस र नयाँ पुस्ताले पनि आफना भाषा सिकून भनेर अहिले स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई मात्र राखेर कक्षा सञ्चालन गरेको उनले
बताए। राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर दुई सय १३ जना कुसुण्डा जातिका मानिसहरु रहेका छन्।

दाङ, प्युठान, सुर्खेत, झापा, सुनसरी, सिराह, काठमाण्डौं, मोरंङलगायतका जिल्लाहरुमा कुसुण्डा जातीको बसोबास छ। अहिले कुसुण्डा भाषा जानेका दुई महिला मात्र छन्। ८२ वर्षीय
ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीय कमला कुसुण्डा आफनो भाषामा पूर्णरुपमा बोल्न सक्नछन्

कुसुण्डा जातिको भाषा सिक्न नयाँ पुस्ता अग्रसर भएपछि वर्षौंदेखिको भाषा लोप हुन्छ कि भनेर चिन्ता गर्दै आएकी ज्ञानुमैयाँ कुसुण्डा समेत नयाँ पुस्ताको भाषाप्रेम देखेर खुशी भएकी छन्। 

"आफनो भाषा नयाँ पिँडीले सिकोस भन्ने लागेको थियो तर भाषा सिक्न कसैले चासो दिएनन्", ज्ञानुमैयाँ कुसुण्डाले भनिन्, "तर अहिले धेरै बालबालिकाहरु भाषा सिक्न आएका छन्। यी बालबालिकाले भाषा सिक्छन भन्ने मलाई पूर्ण विश्वास छ।"

नयाँ पुस्ताले भाषा सिक्न चासो देखाएपछि लोप उन्‍मुख अवस्थामा पुगेको भाषा संरक्षणमा समेत सहयोग पुग्ने उनको विश्वास छ। कुसुण्डा भाषा कक्षा लिन थालेपछि घरपरिवारका
सदस्यहरुलाई बोलाउने शब्‍द, जनावरहरुको नाम, शरिरका अंगहरुलगायतका शब्‍दहरुको ज्ञान भएको बालबालिकाहरु बताउँछन्। 

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  २१:३५
प्रतिक्रिया दिनुहोस्