site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश- ५ मा स्थायी राजधानीको बहस : दाङ बनाउनुपर्ने सुझाव

घोराही । प्रदेश- ५ को स्थायी राजधानीका विषयमा प्रदेशसभाले सबै जिल्लामा पुगेर सुझाव संकलन गरिरहेको छ। 

प्रदेश- ५ का बाँके, बर्दिया, अर्घाखाँची, प्यूठान, पूर्वी रुकुमले सुझाव दिँदै दाङमा स्थायी राजधानी उपयुक्त हुने सुझाव दिएका दन्। मंगलबार दाङमा सुझाव संकलनको लागि प्रदेशस्तरीय टोली पुगेको थियो। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले अस्थायी राजधानी बुटवल तोकेपनि त्यस बाहेकका अधिकांश जिल्लाका सरोकारवालाहरुले भने दाङलाई नै उपयुक्त स्थान भएको सुझाव दिएका छन्। स्थायी राजधानी तोक्ने विषयमा बहस भएको एक वर्ष बित्दा पनि स्थायी राजधानीको टुंगो लागेको छैन। राजधानी दाङ अथवा बुटवल कुन उपयुक्त हुने भन्‍ने विषयमा प्रदेशसभामा पनि मत बाँझिएका छन्। 

सार्वजनिक कार्यक्रममा दाङलाई प्रादेशिक राजधानी बनाउनु पर्छ भन्ने बाहेक राजधानी नै दाङ राख्‍ने उपयुक्त आधार प्रमाणसहित खुला बहस भने भएका छैनन्। दाङमा सुझाव संकलनको लागि प्रदेश सरकारको टोली आउने भएपछि मात्रै दाङबाट सबै प्रदेशसभा सदस्यहरुको जमघट भएको थियो ।

प्रदेशसभा सदस्यहरु पहिले नै अध्ययन तथा छलफल गरेर स्थायी राजधानीको विषय टुंग्याउनु पर्ने भएपनि यसो गरेको देखिँदैन। छलफलमा सहाभागी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बुटवललाई स्थायी राजधानी नबनाउनको लागि अन्य जिल्लाको विरोध आईरहेको बताए । प्रदेशसभा सदस्य चौधरीले अन्य प्रदेशहरुले स्थायी राजधानीको विषयमा गृहकार्य गरेर टुंगो लगाईसके पनि प्रदे-५ मा अझै निष्कर्षमा पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गरे ।

छलफलमा प्रदेशसभा सदस्य दामा शर्माले नाम बुटवलको र भूगोल दाङको राख्‍ने विषयमा बहस गरिरहेको बताइन् । सबै सदस्यहरुलाई बहस यही योजना बनाएर अघि बढाउन सकिने उनले बताइन् । दाङमा राजधानीका लागि प्रशस्त जग्‍गा भएकोले भौगोलिक रुपमा स्थायी राजधानी दाङ नै बनाउनु पर्ने दाबी गरिन्। 
 

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १९:१५
प्रतिक्रिया दिनुहोस्