site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा ड्रागन फ्रुटको व्यावसायिक खेती
SkywellSkywell

दाङ । दाङमा व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती गर्न थालिएको छ । लमही नगरपालिका वडा नं १ कौडिया निवासी वसन्तकुमार शर्माले काठमाडौंमा रहेको बहुआयामिक कृषि उत्पादन तथा वितरण प्रालिको शाखा विस्तारको रुपमा दाङमा  व्यावसायिक खेती  शुरु गरेका हुन् ।

दाङमा अन्य व्यक्तिले व्यावसायिक रुपमा ड्रागन फ्रुटको खेती गरेका छैनन् । केही व्यक्तिले केही बिरुवा लगाएपनि व्यावसायिक रुपमा भने खेती कसैको छैन । शर्माले विगत २ वर्षदेखि व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका हुन् । उनले अहिले ६ कट्टा जग्गामा १ हजार वटा बिरुवा रोपेर खेती गरेका छन् ।

KFC Island Ad
NIC Asia

६ कट्टाबाट बढाएर १ विगाहामा पुर्याउने उनको लक्ष्य छ । १ विगाहामा ३ हजार बिरुवा रोप्ने उनको लक्ष्य रहेको छ । “अन्य बालीभन्दा ड्रागन फ्रुटबाट फाइदा हुने भएकाले विस्तार गर्ने थालेको हुँ,” शर्माले भने । सुरुमा उनले काठमाडौंबाट ३ वटा बिरुवा ल्याएर रोपेका थिए । उक्त बिरुवा राम्रो भएपछि व्यावसायिक रुपमा नै अगाडि बढाएको उनी बताउँछन् । ड्रागन फ्रुट खेती गर्नका लागि दाङ उपयुक्त स्थान रहेको उनले बताए ।

ड्रागन फ्रुट फलफूलको रुपमा प्रयोग गरिने शर्माले बताए । एउटा बिरुवाबाट एक वर्षमा ३५ किलोसम्म फल दिने शर्माको भनाइ रहेको छ । आफूले लगाएको बिरुवाले उचित स्याहार सुसार पाएकाले १७ महिनामै फलेको उनले बताए । १७ महिनामै फलेको हुनाले प्रति बिरुवाबाट आफूले ५ किलो उत्पादन लिन सफल भएको शर्माले बताए ।

Royal Enfield Island Ad

उत्पादन गरिएको ड्रागन फ्रुट जिल्लाका बजारहरु लमही, घोराही, तुलसीपुर, भालुवाङ, सल्यान, प्युठान, अन्य जिल्लाहरुसंँगै लखनउसम्म पुर्याएको शर्माले बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro